कोरियाबाट स्मार्ट बैंकिङ र एटिएमबाट सिधै पैसा पठाउन सकिने

२०७२ पुष २४ गते १४:१० मा प्रकाशित
 
२४ पुस, काठमाडौं । कोरियामा कार्यरत नेपालीहरुले स्मार्ट बौंकिङ र एटिमबाट सिधै ग्लोबल आइएमई बैंकमा रकम पठाउन सकिने भएको छ । कोरियाको इन्डष्ट्रियल बैंक अफ कोरियाले प्रदान गर्दै आइरहेको स्मार्ट बैंकिङ र एटिएमबाट ग्लोबल बैंकमा रहेको glowal ime bankआफन्तको नाममा सिधै पैसा पठाउन सकिने भएको हो ।
इन्डष्ट्रियल बैंक अफ कोरियाले प्रदान गर्ने स्मार्ट बैंकिङ एप डाउलोड गरी सोही एपमार्फत घरमै बसेर सजिलै पैसा पठाउन सक्ने ग्लोबल आइएमई बैंकले जनाएको छ । त्यस्तै, इन्डष्ट्रियल बैंक अफ कोरियामा खोलेको आफ्नो खातामा रकम जम्मा गरी सोही बैंकको जुनसुकै एटिएम आउटलेटमा गई एटिएम मेसिनले देखाएको निर्दैशनअनुसार पैसा पठाउन सकिने छ ।
ग्लोबल आइएमई बैंक र इन्डष्ट्रियल बैंक अफ कोरियाको सहकार्यमा स्मार्ट बैंकिङ र एटिएममार्फत पैसा पठाउन सकिने भएपछि अब नेपालमा पैसा पठाउन बैंकसम्म पुग्नुपर्ने झन्झटबाट मुक्ति मिल्नेछ ।
यसैगरि इन्डष्ट्रियल बैंक अफ कोरियाले कोरियाबाट नेपालमा पैसा पठाउँदा एक्सचेञ्ज रेटमा ३० प्रतिशत र रेमिट्यान्स शुल्कमा ५० प्रतिशत छुट समेत दिएको छ । यस्तै कोरियामा रहेका नेपालीहरुले कोरियामा नै खाता खोल्न चाहेमा कोरियास्थित ग्लोबल आइएमई बैंकको प्रतिनिधिसँग सम्र्पक गर्न सक्नेछन् ।
ग्लोबल आइएमई बैंकले अत्याधुनिक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको  साथमा अष्टे्रलिया, जापान, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।
- अनलाइन खबर 

0 comments

Write Down Your Responses

-->