कोरियामा नेपालीहरुको सहयोगी दिदि - किम युमी (योगीता)को [संदेशमुलक भिडियो -अन्तर्वार्ता]

नमस्ते  नेपाल कोरिया
१८ ,मार्च
२०१६,कोरिया l

बैबहिक भिसामा कोरियामा रहेर पनि हरेक नेपालीहरुको समस्या,दुख-सुखमा साथ दिने नेपाली चेली योगिता गौतम (किम युमी ) कोरियामा नौलो नाम हैन l बिगत ६ वर्ष देखी कोरियामा संघर्ष गर्दै आफ्नो कोरियाली पारीवारिक जीवन सफल बनाउदै यहा रहेका नेपाली महिलाहरुलाई सहयोग,नेपालीहरुको काम, भाषा लगाएत इपिएस अन्तर्गत बिबिध समस्या सग जुध्नको लागी बिभिन्न सहयोग र सुझावहरु दिदै आउनुभएको छ l बिशेष गरि बहु सास्कृतिक सेन्टरमा हालै प्रवेश गरी कार्यरत रहदै आउनुभएको छ भने यहाँ नेपालीहरुलाई पर्ने भाषा ट्रांस्लेसन, कानुन,कम्पनीमा सोधपुछ,इ सेभेन भाषा शिक्षण, मानसिक तनाब आदि बारेमा आफुले सकेको सहयोग गर्दै आउनुभएको छ l कोरिया बाट पनि बिभिन्न सहयोग गरेबापत कोरियाली समाज तथा नेपाली संघ सस्थाहरुबाट पनि सम्मानित हुदै आउनुभएको छ l


कोरियामा बिबाह गरी आउन चाहनुहुने हरुलाई मानसिक तयारी तथा भाषा लगाएत यहाको बारेमा ज्ञान लिएर आउन सल्लाह दिदै यहा आएर संघर्ष गर्नुपर्ने बताउनुभएको छ l इपिएसअन्तर्गत रहेका नेपालीहरुलाई पनि समस्या पर्दा यहाँ हरेक परिस्थिति सग संघर्स गर्दै नआत्तिकन सबै कुरा बुज्दै हरेक तवरबाट सहयोग लिदै अगाडी बढ्न सुझाब दिनुभएको छ l साथै नेपाल बाट आउने नेपालीहरुलाई पनि मानसिक रुपमा तयार भएर भाषा,काम र यहाको चलनचल्ती बारेमा केहि बुझेर आउन सल्लाह रहेको छ l यस भिडियो मार्फत यहाँ रहेका नेपालीहरुलाई अवस्य केहि सहयोग मिल्नेछ भन्ने बिस्वास लिएका छौ l धन्यवाद ! बाकीं भिडियोमा हेर्नुहोला l-https://www.youtube.com/watch?v=uOyGb1zs1c8&feature=youtu.be


[योगीता गौतम -आफ्नो श्रीमान र छोरीको  साथमा ]


,

0 comments

Write Down Your Responses

-->