कोरियामा प्रेमगीत हेरेर दर्शकहरु भावुक बने [भिडियो सहित ]


कृष्ण पुरी ,१४ मार्च , दक्षिण कोरिया ,

फोटोभिडियो  -रिकमान थापा 
“नेपाली कला र संस्कृतिकाे संरक्षण गराै, प्रबासमा रहेका खेलाडीको सम्मान गराै भन्ने” मुल भावका   साथ मार्च १३ तारिक आईतबार कास्की परिवार दक्षिण काेरियाले सउलमा प्रदर्शन गरेकाे नेपाली कथानक चलचित्र “प्रेमगीत” प्रदर्शनी सफल रुपमा पुरा भएको छ। सन्ताेष सेन द्वारा निर्मित सो  चलचित्र नायक प्रदिप खड्का र नायिका  पुजा शर्मा को प्रेमी प्रेमिकाको सम्बन्धमा आफ्ना परिवारको साथ नमिल्दा अन्तमा वियोगान्त बिषय बनाई फिल्म टुंगिएको थियो l उक्त चलचित्रमा नायक सरोज खनालको पनि बिसेष भूमिका रहेको थियो l कोरियाको टाढा टाढा क्षेत्र बाट पनि फिल्म हेर्न आएका थिए l फिल्म शो पश्चात केहि दर्शक हरुको प्रतिक्रियामा फिल्म मनोरम स्थान मुस्ताङ्गमा छयांकन गरीएको मनमोहक दृश्य रहेको, कथा वियोगान्तमा गएर टुंगिदा भावुक बनेको,केहिले फेरी हेर्ने इच्छा रहेको बताएका थिए l  साथै केहीको प्रतिक्रियामा  प्रेम र गीतको सुमधुर प्रेम सम्बन्धलाई आफ्नो परिवारले स्वीकार दिनुपर्ने कुरा बताए l फिल्ममा आफ्नो छोराछोरीलाई बिबाहमा बाध्यतामा पारीएको बिषय रहेको थियो l फिल्म समापन पश्चात धेरैजसोको आखा रसाएका थिए भने केहि भावुकता डुबेका देखिन्थे l सो  फिल्म अहिलेको  युवा पिंढीलाई  लक्षित गरी गत फेब्रुवरी १४ मा रिलिज भएर नेपाल लगाएत अन्य देशहरुमा पनि सफल प्रदर्शन भइरहेको छ lसुुदर्शन थापा निर्देशित फिल्म प्रेमगितमा यसै फिल्मबाट विग बजेट मुभीको अभिनयमा होमिएका प्रदीप स्टार भएका छन् । खासगरी उनको अभिनय सबैले  मन पराएका छन् l यस्तै गीतकार कृष्णहरी बास्कोटाको शब्दहरु बाट निर्मित गीतहरुले मुटु छोएका छन् l 
कार्यक्रमको प्रथम चरणमा  उद्घाटन समारोह काेरियाका लागि नेपाली राजदुत माहामहिम कमानसिङ लामाकाे प्रमुख अतिथ्यमा सम्पन्न भयकाे कार्यक्रममा , संस्थाका अध्यक्ष खाेम गुरूङको  सभापतित्व, सचिब पुष्पराज तिमिल्सिनाको संचालन सगै  विशेष अतिथिहरूमा श्रम सहचारी देवराज ढकाल, एनआरएन का अध्यक्ष राजु क्षेत्री, एन अार् एन् ए र्अा ई सि सि सदस्य बिनाेद कुंबर, पत्रकार महासंधका का .बा.अध्यक्ष रन्जन राज कुवर जनअधिकार मन्चका अध्यक्ष गनेश कालिकोटे, उमन फर उमन का अध्यक्ष मल्लिका थकालि, जनजाति महासंधका का.बा. अध्यक्ष पवन चाम्लिङ ,एनआरएन उपाध्यक्षहरू लक्ष्मि गुरूङ , जुनु गरूङ तथा कास्की परिवारका सल्लाहकारहरु नवीन गुरुङ ,चुडामणि अधिकारी,रितु भट्टचन,कृष्ण पुरी, अर्जुन श्रेष्ठ ,बिमल सुवेदी ,सुरज गुरूङ,छेत्र गुरुङ लगायत विभिन्न ब्यक्ति तथा संघ सस्थाको उल्लेख्य सहित झन्डै ५  सय को सहभागिता रहेको थियो।सो अवसरमा कोरियामा खेलकुद क्षेत्रमा योगदान पुर्याउने खेलाडीहरुलाई सम्मान पनि गरिएको थियो।सउलकाे दाेङदेमुन स्थित कुमिन ह्वेग्वान मा निर्धारित समय भन्दा केहि ढिला झन्डै ४  बजे उक्त चलचित्र "प्रेमगित" प्रदर्शन भयकाे थियाे ।काेरियामा अाधिकारिक ब्यबस्थापन र प्रर्दशन गर्ने जिम्मा पाएकाे कास्की परिवार दक्षिण काेरिया सन् २००८ सालमा स्थापना भई बिगतमा पनि सामाजिक सांस्कृतिक तथा खेलकुदकाे बिकासका लागि दक्षिण काेरियामा उल्लेखनीय कार्यहरू गर्दै अाएकाे छ ।

प्रदर्शित भिडियो :-https://www.youtube.com/watch?v=K5bqGYgoKM8


                                                       सम्बन्धित तस्बिरहरु :-



0 comments

Write Down Your Responses

-->