डिप्रेसन,उदासीपन वा दिक्दारिपन रोगको उपचार कसरी गरिन्छ ?

Dr Prabhakar Pokhrel

रोग कसरी पत्ता लाग्छ त ?


मुख्यतय रोग पत्ता लगाउन गरिने मुख्य बिधि भनेको बिरामी र बिरामी को परिवारजन सित गरिने कुराकानी अन्तरवार्ता हो। तर माथि उल्लेखित लक्षणहरु छ छैन भनेर सोधिने बिधि चाहि होइन। सजिलो बनाउन कति जना ले या थ्रुप्रै वेबसाइट ले प्रश्नहरु राखेका होलान तर डिप्रेसन भन्दा पहिले बिरामी को स्वभावउसको परिवेशउसको जीवन शैलीसोच्ने शैली मा उभिएरशारीरिक रोग अनि त्यस ले पार्न सक्ने मानसिक रोग र अन्य मानसिक रोग को  को बारेमा राम्रो तालिम तथा  दखल भएको, communication सिपमा राम्रो तालिम भएका  मुख्यतय मनोरोग सबन्धित रोग 
मा दक्षता हासिल गरेको डाक्टर यानी psychiatrist (यानी मनोचिकित्सक )वा  क्लिनिकल मनोबिद यानी clinical psychologist  (जसको मुख्य तालिम हस्पिटल मा बिरामी सित हुन्छ) ले गर्न सक्छन। 
हरेक उदासीटेन्सन रिस डर हिनाबोधता डिप्रेसन होइन। हरेक एक्लै टोलाएर बस्ने कम बोल्ने पढाई मा मन नलाग्ने डिप्रेसन होइन।   कतिपय अवस्था मा डिप्रेसन सहजै छुट्याउन सकिन्छ अनि screening गर्न चाही धेरै तालिम चाहिदैन।
कति बेला झुक्याउने शारीरिक रोग का मानसिक लक्षण को रुप मा डिप्रेसन जस्ता लक्षण देखिने हुदा सम्बंदित जाँच गर्न जरुरी हुन आउछ र अन्य विधा का डाक्टर को सलाह लिन पनि जरुरि हुन्छ।

उपचार कसरी गरिन्छ 
?
उपचारका मुख्य दुइ बिधि छन्।  
१. औषधि मूल
२. परामर्श 

१. 
औषधि मूल: कारणमा उल्लेखित गरेझैँ डिप्रेसन मा दिमागी रसायन को कमि हुने हुनाले त्यसको भरपाई गर्ने औषधि धेरै जसो यस रोग मा प्रयोग हुन्छन। एक चोटी मात्र भएको छ भने ६-९ महिना को लागि प्रयोग हुन्छन।
निद्रा नलागे वा धेरै छटपटी भएमा छटपटी कम गर्ने साथै निद्रा लाग्ने औषधि को पनि प्रयोग गर्न सकिन्छ। तर पछि का औषधि धेरै समय का लागी प्रयोग गर्न हुन्न किनकि त्यसको बानी  लाग्न सक्छ। डिप्रेसन का कारण ले निन्द्रा नलागेको हुनाले डिप्रेसन ठिक हुन लागेपछि निन्द्रा को समस्या आफै ठिक हुदै आउछ.
डिप्रेसन को औषधि तुरन्तै काम गर्दैन र यसले काम गर्न २-३ हप्ता लाग्न सक्छ।
कति बेला अन्य औषधि को आवशेकता पर्न सक्छ 
कतिपय अवस्था मा बिरामी लाई भर्ना गरेर उपचार गर्नु पर्ने हुन सक्छ 
कतिपय अवस्था मा बिजुली को उपचार (Electroconvulsive therapy) को प्रयोग गर्नु पर्ने हुनसक्छ जुन धेरै नै असरदार हुन् सक्छ। मानिस मा थुप्रै  भ्रम र डर यो बिधि को बारेमा छ तर यौ असरदार र धेरै कम साइड इफेक्ट भएको बिधि हो 

२. परामर्श बिधि -- हल्का खाले डिप्रेसन को उपचार मा यो एउटा असर्धार उपचार बिधि हो।  
कतिपय अवस्था मा यो औषधि र  परामर्श संगै लैजादा फाइदा हुन्छ।  
यसमा बिसेक गरि -- CBT (यानी cognitive behavior थेरापी ) को प्रयोग फाइदा जनक हुन्छ। यो यसो गर्नुस उसो गर्नुस भनेर दिने सल्लाह भन्दा नि सोच - व्यहाबार -- र भावनामा सम्बन्ध लाई चिनेर त्यसका त्रुटी लाई केलाएर गरिने एक बिधि हो जसले आफुले  आफैलाई ,समाजलाई अनि  भबिस्य लाई हेर्ने  दृस्त्रिकोण मा परिवर्तन लाएर डिप्रेसन लाइ ठिक हुन अनि फेरी दोहरिन बाट बचाउछ।  फेरी पनि तालिम प्राप्त मानिसक स्वस्थाकर्मीले गर्न जरुरी छ . 
त्यस बाहेक अरु सहयोगी बिधि मा relaxation exercise (तनाव मुक्त राख्ने प्रक्रिया )योग समस्या समाधान गर्ने सोच बिधि आदि हुन तर यिनीहरु एक्लै चाहि निदान अवस्श्य होइन . 

0 comments

Write Down Your Responses

-->