छुसकमा गीतकार इन्द्रजित लावती ( पूर्वेली गाउले ) को गीति एल्बम “रहर” विमोचन हुने

रमेश खावाजु ,२६ सेप्टेम्बर २०१५ 
दक्षिण कोरियाको महान चाड छुसकको दोश्रो दिन सउलमा गीतकार इन्द्रजित लावती ( पूर्वेली गाउले ) को गीति एल्बम “रहर” विमोचन हुने भएको छ l

गीतकार इन्द्रजित लावती ( पूर्वेली गाउले )  ले आफ्नो गीति एल्बम “रहर”को विमोचन कोरियाको राजधानी सउलको दोङदेमुनस्थित सुभेक्छा रेष्टुरेन्टमा २७ सेप्टेम्बर बिहान १०  बजे  गर्न लागेको हुन् l रहर गीति एल्बममा संगीतकार डी आर अटु ,महेश खड्का र  राजशुक्र लिम्बुले संगीत दिएका छन् l त्यसै गरि यस एल्बममा गायक तथा गायिकाहरु   दिपक लिम्बु ,अन्जु पन्त ,उतम जंग लिम्बु ,मेलिना राई, परिहास सुब्बा ,प्रकृति थलङ , गोबिन्द खजुम ,सि.डी .बिजय , प्रमोद खरेल ,सुन्दर पदम लाओतीले स्वर दिएका छन् l यस एल्बमका ''  बोलाउन मन लाग्छ ''  लगायत अन्य केहि गीतहरु केहि समय अघि नै चर्चित भइसकेका  छन् l

२७ सेप्टेम्बर मा हुने बिमोचन कार्यक्रममा सहभागी भई आफ्नो हौसला बढाईदिनु हुन् कोरियाबासी नेपालीहरुलाई गीतकार इन्द्रजित लावती ( पूर्वेली गाउले ) ले अनुरोध गर्नुभएको छ l ४ बर्ष अघि इपिएस मार्फत दक्षिण कोरिया प्रवेश गरेका इन्द्रजित लावतीले कोरियाको कडा  परिश्रम गरेर फुर्सद समयलाइ सदुपयोग गर्दै यस अघि पनि बिभिन् गीति एल्बमहरु निकालिसकेका छन् l

0 comments

Write Down Your Responses

-->