कोरियामा बाग्लुङ सम्पर्क समितिको बृहत भेला सम्पन्न
नमस्ते नेपाल कोरिया संवाददाता
बाग्लुङ सम्पर्क समितिद्वारा छुसकको अवसरमा गरिएको बृहत भेला तथा लगानी सम्बन्धि सेमिनार नेपाल हाउसमा सम्पन्न भयो |
अध्यक्ष यम श्रीषको सभापतित्वमा भएको कार्यक्रममा पुर्व अध्यक्ष तारा केसी , सल्लाहकारहरु राजु क्षेत्री , छानु चन्द , नबिन कला , दिपक पुन , बिपिन गुरुङ , सुबास लामिछाने लगायत कोरियामा आएर बिभिन्न पेशामा आवद्ध बाग्लुङबासीहरुको बृहत उपस्थिति रहेको थियो |
उपाध्यक्ष भगवान छन्त्यालको शुभकामना मन्तब्यवाट शुरु भएको कार्यक्रम नेपालमा कुन- कुन सेक्टरमा लगानी गर्न सकिन्छ भनेर छलफल पनि गरिएको थियो | आफ्ना धारणा राख्ने क्रममा अध्यक्ष यम श्रीषले अहिले हामीले कोरिया मासिक १ /२ लाख कमाई रहेका छौ | कोरियामा रहेका सबै बाग्लुङबासीले एक – या दुइ लाख उठाएर सामुहिक लगानी गर्ने सकिने बताए | पुर्व अध्यक्ष तारा केसीले यो अभियान आफुले ३ लाख रुपिया हाल्न तयार रहेको प्रतिबद्धता जनाए |
सोही अवसरमा भलिबल खेलाडी प्रेम थापालाई सम्मान तथा बिदाई गरिएको थियो भने युवा सर्जक जितेन भाई श्रीषको ” छोडी गयौ मुटु साटनेले ” लोकगीतको पनि बिमोचन गरिएको थियो |
कार्यक्रमको अन्त्यमा अहिले कोरिया सक्रिय रुपमा नेपाली कला , सस्कृति र संगीतको योगदानको लागि परेको रेशम फिलिली ग्रुपले धमाकेदार सांगेतिक प्रस्तुति दिदै उपस्थित सबैलाई भरपुर मनोरन्जन दिलाएको थियो |

0 comments
Write Down Your Responses