कोरियामा साउण्ड अफ समरका कलाकारहरु आइपुगे

नमस्ते नेपाल कोरिया डट कम 
कोरियामा आउदो सेप्टेम्बर २७ तारिक  एभरेष्ट एफसी परिवार कोरियाद्वारा  आयोजना गर्न लागेको सास्कृतिक कार्यक्रम ‘साउण्ड अफ समर’ का लागि कलाकारहरु  आउने क्रम शुरु भएको छ | 

  लोकप्रिय  गायक राजु लामा शुक्रबार साँझ ५. ३० मा अमेरिकाबाट इन्छन बिमानस्थलमा ओर्लिएका छन् | उनलाई सस्थाका अध्यक्ष राजु लिम्बु,नरेश तुम्बपो लगायतका पदाधिकारीहरुले स्वागत गरेका थिए |   त्यस्तै आज दिउसो २ बजे नेपालबाट नृत्यकार पार्बती राई, नया पुस्ताका उदयमान गायिका तृष्णा गुरुङ साथै अहिले एक्दमै चर्चाको सिखरमा रहेको कमेडीयन भद्रगोल टिमका जिग्री र पाँडे ( कुमार कट्टेल र अर्जुन घिमिरे) कोरिया आइपुग्ने जनाइएको छ |   साउण्ड अफ समरमा तेश्रो नेपाली ताराका बिजेता प्रताप लामाले पनि प्रस्तुती दिने भएका छन् | उनि केहि दिन अघि नै कोरिया आइसकेका छन् |   कार्यक्रम भोलि अर्थात छुसकको दोस्रो दिन सेप्टेम्बर २७ मा सउल दुङगुक बिश्वबिद्यालयको हलमा हुन लागेको हो | ‘एभरेष्ट एफसी परिवारको अभियान भुकम्प पिडित बाल बालिकाहरु को शिक्षामा योगदान’ भन्ने मुल नारा लिएर गर्न लागिएको कार्यक्रमको लागि कोरियाको बिभिन्न स्थानमा ३ हजार ५ सय टिकट वितरण गरिएको संस्थाका सदस्य उमेश लिम्बुले बताए |

0 comments

Write Down Your Responses

-->