काठमाडौं,वैशाख ३
– कोरियाली भाषा परीक्षा (ईपीएस) मा सहभागी हुन बिहीबारदेखि आवेदन खुला भएको छ ।
देशभरका विभिन्न १० ठाउँबाट बिहान ८ देखि साँझ ५ बजेसम्म फाराम बुझाउन पाइने व्यवस्था गरिएको छ । आवेदन फाराम बुझाउन म्याद वैशाख ६ गतेसम्म छ ।
आगामी जेठ ३० र ३१ गते सञ्चालन हुने ईपीएस भाषा परीक्षामा सामेल हुन चाहनेका लागि आवेदन खुला गरिएको ईपीएस कोरिया शाखाले जानकारी दिएको छ । यसपटक काठमाडौं उपत्यकामा पाँच र बाहिर पाँच गरी कुल १० स्थानबाट आवेदन दिन पाइनेछ ।
गत वर्ष सात स्थानबाट मात्रै आवेदन नि पाइने व्यवस्था मिलाइएको थियो । ईपीएस कोरिया शाखाका अनुसार काठमाडौं उपत्यकामा वेद विद्या संस्कृत मावि गौशाला,काठमाडौं भ्याली उच्च मावि महाराजगन्ज,ल्याबरोटरी उमावि कीर्तिपुर,महेन्द्र आदर्श विद्याश्रम सातदोबाटो र च्यासल खेल मैदान बालकुमारीबाट आवेदन फाराम बुझाउन पाइन्छ ।
यसैगरी,धरान नगरपालिकाको धरान सभागृह,जनकपुर नगरपालिकास्थित जनकपुर चुरोट कारखाना लिमिटेडको कभर्ड हल,बुटवलस्थित बुटवल प्रर्दशनी मण्डप,पोखरामा विन्ध्याबासिनी उभावि र डँडेलधुराको अमरगढी नगरपालिकास्थित कर्मचारी मिलन केन्द्रमा फाराम लिने र बुझाउने व्यवस्था ईपीयस कोरिया शाखाले गरेको छ । यीमध्ये पायकपर्ने कुनै पनि ठाउँबाट आवेदन दिन सकिने ईपीएस शाखाका अधिकारीले बताएका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । -
ईपीएस भाषा परीक्षाका लागि आजदेखि आवेदन खुला - १० स्थानमा बुझाउन सकिने फाराम
0 comments
Write Down Your Responses