इपिएसको आवेदन फारम खुल्यो - फाराम भर्दा जान्नै पर्ने कुरा

नमस्ते नेपाल कोरिया सम्बाददाता
 ३  ,बैसाख २०७२ 
रोजगार अनुमति प्रणाली ईपिएस मार्फत कोरिया जानका लागि छैठौँ चरणको कोरियन भाषा परीक्षाको आवेदन फारम बिहीबारदेखि खुलेको छ । आवेदन फारमका लागि काठमाडौं उपत्यकामा ५ र उपत्यका बाहिर ५ गरी १० वटा  फारम संकलन केन्द्र तोकिएको छ ।


 फारम भर्दा के के कुरामा ध्यान दिने त ? इपिएस कोरिया शाखाको सुझाव यस्तो छ :

*   दरखास्त फारम भर्दा परीक्षा दस्तुर बापत लाग्ने २४ अमेरिकी डलर बराबरको रकम लैजानुपर्छ ।
*   राहदानी भएका व्यक्तिले राहदानीको सक्कलै प्रति र त्यसको मुख्य पृष्ठको ६ X १२ सेमीको फोटोकफी एक प्रति तथा राहदानी नभएकाले नागरिकताको सक्कलै प्रति र त्यसको मुख्य पृष्ठको ६ X १२ सेमीको फोटोकफी एक प्रति लानुपर्छ ।
*   दरखास्त फाराममा टांस्ने प्रयोजनको लागी हालसालै (तिनमहिना भित्र) खिचेको ३.५ ह ४.५ सेमीको दुई प्रति फोटो लानुपर्छ ।।
*  दरखास्त फारममा नाम (Name:) लेखिएको ठाउँमा अंगे्रजी क्यापिटल लेटरमा पहिला थर लेख्नु पर्छ ।  थर लेखेपछि मात्र नाम लेख्नु पर्छ । यस्तै नाम थरको स्पेलिङ पछि फरक नपर्ने गरी शुद्ध लेख्नुपर्छ ।
*   जन्म मिति(Date of Birth) मा : आफ्नो जन्म मिति इश्वी सन्मा भर्नुपर्छ । जन्म मिति भर्दा गल्ती गर्नुहुन्न । 
*   फारममा भरेका नाम थर, जन्म मिति राहदानी मा फरक परे भाषा परीक्षामा उत्तीर्ण भए पनि रोजगार आवेदन फारम स्विकृत हुँदैन  र कोरिया जाने अवसर रहदैन ।
*    दरखास्त फारम भर्दा अनिवार्य रुपमा कालो मसीको मात्र प्रयोग गर्नुपर्छ ।
*   फारम भर्दा उत्पादनमुलक क्षेत्र वा कृषि तथा पशुपालन क्षेत्र मध्ये आफ्नो ईच्छा अनुसारको कुनै एक क्षेत्रमा कालो मसीले चिह्न लगाउनुपर्छ ।
*    दरखास्त फारम दर्ता गरेपछि त्यहि ठाउँबाट परीक्षाको प्रवेशपत्र आफैँले लिनु पर्छ ।

0 comments

Write Down Your Responses

-->