विदेशको मजदुरीले छोराछोरी डाक्टर, इन्जिनियर र सीए
मीनप्रकाश उप्रेती ,सउल ।
विदेशमा मजदुरी गर्दै आफ्ना छोराछोरीलाई डाक्टर, इन्जिनियर र सीए पढाउन सफल मजदुरहरू उदारणका पात्र बनेका छन् ।
काभ्रेका विष्णु उप्रेतीको काम कोरियाको गाई फर्ममा हो । उप्रेती रोजगार अनुमति प्रणली (ईपीएस) बाट कोरिया आएका हुन । उनको काम गर्ने कुनै निश्चित समय छैन । उनी चोबिसै घण्टा उक्त कामको लागि खटिरहरेका हुन्छन् । उनका हातका औला र खुट्टाका कुर्कुचाहरु फुटेका छन् । खुल्ला स्थानमा काम गर्दा कोरियाको उच्च गर्मी र चिसोलाई उप्रेतीले सहज रूपमै लिएका छन् ।
काम, जाडो र गर्मीको सबै दुःख उनी छोरी रुबिसा उप्रेतीको डाक्टरको पढाइमा बिर्सन्छन् । १९ वर्षीय रुबिसा उप्रेती सिनामंगलको केएमसी कलेजमा डाक्टर अध्ययनमा छिन् । उनको सबै खर्च कोरियाकै कमाइबाट विष्णु उप्रेतीले गर्दै आएका छन् ।
उता छोरा रुबिसा उप्रेती आर्इटीको अन्तिम परीक्षाको तयारीमा छन् । विदेशबाट आफूले मेहनत गरेर पठाएको पैसा भन्दा छोरा छोरीको लगनशिलता नै ठूलो भएको विष्णु बताउँछन । हाल काठमाण्डैा कपनमा बस्दै आएको विष्णु भन्छन्– पैसा भएर पनि लगनशिलताको कारणले पढ्न नसकेको धेरैको देखेको थिए तर आज मलाई गर्व गर्ने ठाउँ मेरा छोरा छोरीबाट पाएको छु । विदेशमा काम गर्दाको दुख छोराछोरीको मेहनत सम्झिएर भुल्ने गरेको उप्रेती बताउछन ।
उता पाल्पाका तिलक रायमाझी कोरियाको कृषि फर्ममै काम गर्छन् । बिहान चार बजेदेखि उनको दैनिक कार्य सुरु हुन्छ । साँझ नैा बजे सम्म उनी त्यही काममा ब्यस्त हुन्छन् । विगत चार वर्षदेखि उनको दिनचर्या कोरियामा यसरी नै बित्दै आएको छ । कोरियामा कठिन कामको रूपमा चिनिएको बङ्गुर पालनमा काम गर्दा तिलकले अलकत्ति पनि दुःख मानेका छैनन् । किनकि त्यही दुःखबाट कमाएको पैसाले उनी छोरालाई चर्टर एकाउन्टेन्ट र छोरीलाई स्टाप नर्स पढाउदै छन् ।
सामान्य परिवारका तिलक कोरिया प्रवेश गर्नु अघि ड्राईभिङ्ग पेसाले पारिवार धान्दै आएका थिए । छाकमात्रै टार्दै आएको यो पेसाले कसरी छोराछोरीलाई राम्रो शिक्षा दिन सकिएला भन्ने चिन्ता भई रहेको अवस्थामा ईपीएस पास गरी कोरिया आएको तिलक बताउँछन । पढाई राम्रो थियो उनीहरूले चाहेको शिक्षा दिन सक्छु कि सक्दिन कि भन्ने थियो ।तर आज कोरियाले पुरा गरिदिएको तिलकको भनाई छ ।
तिलकका छोरा गहन रायमाझी अहिले ईन्डियाको ब्याङ्गलोर बिश्वबिध्यालयमा चार्टर एकाउन्टको अध्यानमा छन् । उनलाई चाहिने सम्पूर्ण खर्च आफूले कोरियामाकाम गर्दै पठाउने गरेको तिलकले बताए । छोराछोरीको पढाई राम्रो थियो नेपालमा हुदा राम्रो शिक्षा दिन सक्ने आर्थिक अवस्था थिएन । तर कोरियाको कमाईबाट यो सबै धान्दै छु । जतिसुकै कठिन काम भए पनि छोराछोरीहरुको बढाइबाट सबै दुख बिर्सिएको भन्दै तिलक सन्तुस्टि व्यक्त गर्छन् ।
पाँच वर्षमा सकिने कोर्षकालागि जम्मा पन्ध्रलाख रुपयाँ खर्चलाग्ने तिलकले बताए । दुईबर्ष पुरा भयो अब तीन बर्ष बाँकी छ । यो सबै खर्च कोरियाको कमाइबाट पार लगाउने तिलकको सोच रहेको छ । तिलक भन्छन् “यो बङ्गगुरको काममा मलाई कुनै संकोच र चिन्ता छैन, छोराछोरीको सपना पुरा भएको देख्न चाहन्छु ।”
-नेको खबर

0 comments
Write Down Your Responses