कोरियामा नेपालीको साझा घर

अनिल गुरुङ |
कोरियामा हामी नेपालीहरुको संख्या दिनानुदिन बढ्दो छ । अहिले नै करीब २८ हजार पुगी सकेको छ भने आउंदा दिनहरुमा यो संख्यामा निकै वृद्धि हुने सुनिस्चित छ । ई.पि.एस. मार्फत आएका कामदार, बिद्यार्थी, व्यापारी मात्रै होइन , यहां थुप्रै नेपाली चेलीहरु पनि वैवाहिक बन्धनमा बाधिएर कोरियामा आई पुगेका छन् । फेरी देशको परिस्थितिका कारणले पनि विभिन्न् किसिमले कोरियामा आई यतै बस्ने हामी नेपालीहरुको पनि संख्या कम छैन् । मेरो अनुमानमा सन् २०२० सम्ममा नेपालीहरुको संख्या करीब पचास हजार पुग्छ होला । यति धेरै संख्यामा नेपालीहरुको उपस्थिति कोरियामा भई सक्दा पनि हामी सबै नेपालीहरुको सुखः दुखः मात्र होईन, कला संस्कृतिलाई झल्काउन मिल्ने हाम्रो साझा घर छैन् । त्यसो त सन् २००७ मा कोरियामा नेपाली राजदूतावासको स्थापना तथा एन. आर. एन.द्धारा संचालित नेपाल हाउसले पनि केही राहत पु¥याएकै छ तथापि राजदूतावासको आफनै सिमाना हुन्छ भने एन आर एनद्धारा संचालित नेपाल हाउसको मासिक भाडा तिर्न तथा यसलाई संचालन गर्न समेत निकै कठिनाई भएको कुरा हामी सबैलाई थाहै छ ।

 यसै किसिमका समस्याहरुमा रुमाल्लिएको कोरियामा रहेको नेपाली समाजले एउटा ठोस अठोट र विचारका साथ कोरियामा नेपालीहरुको आफनै साझा घरको अवधारणा अघि ल्याएको छ जसको जति प्रशंसा गरे पनि कम हुन्छ । साच्चै भन्ने हो भने दुखः मा परेको कामदार होस वा सुखमा आयोजना हुने कार्यक्रमको आयोजक होस्, हामी नेपालीहरुलाई कोरियामा एउटा साझा घरको चरम आवश्यकता छ । अहिले कोरियामा नेपालीहरुको साझा घरको अवधारणालाई मूर्त रुप दिन एउटा महत्वपूर्ण अभियान चलाइएको छ जसमा सबै नेपालीहरुले हृदयदेखि नै सहयोग गर्ने कुरामा दुई मत छैन् । यो अत्यन्तै आवश्यक अभियान हो जसमा सामेल हुनेहरु उपर ईतिहासले गर्व गर्नेछ । हामी सबै नेपालीको एक साझा घर भएमा चाहे दशै तिहार होस् , चाहे लोसार होस् , वा उधौली उभौली होस वा माघी होस वा अन्य जुनसुकै चाड पर्व वा सुख दुखका अवसर होस, एकै ठाउमा भेला भएर हांस खेल गर्न वा दुख बांड्न पाईने छ ।

 म एक सामान्य नेपाली नागरिक तथा श्रम सहचारी समेतको नाताले कोरियामा रहेका सबै नेपाली समुदायलाई  यस अभियानलाई सहयोग गर्न अपिल गर्दछु किनभने यो अभियान हामी सबैको लागि एक अवसर पनि हो र चुनौती पनि हो । कोरियामा शुरु गरिएको यस अभियानले अन्य देशमा रहेका नेपाली नागरिकहरुलाई पनि घचघच्याउने छ । हिजो मात्रै मेरो छोराले क्यानाडाबाट फोन गरेर कोरियामा नेपालीहरुले संचालन गरेको नेपालीहरुको साझा घरको अभियान प्रति जिज्ञासा प्रकट गर्दा कत कता मलाई पनि अवसर र चुनौतीको बोध भएर यी विचारहरु ब्यक्त गर्न बाध्य भए । साच्चै भन्ने हो भने ईतिहासको यस मोडमा हामीलाई एउटा अभूतपूर्व अवसर प्राप्त भएको छ, जसमा होम्मिने नेपालीहरुलाई ईतिहासले सदा ससम्मान समझना गर्नेछ ।

(गुरुङ सउल स्थित नेपाली दुताबासका श्रम सहचारी हुनुहुन्छ)

0 comments

Write Down Your Responses

-->