"हईट जनता"
कबिता
हिजो चुनावको बेला
नेताको चिल्लो बोलीमा फसेर
नेता जिताउन कम्मरमा खुकुरी कसेर
नेता जितायौ पनि
फूल माला अबिरले
नेता जीको जय जय गर्यौ
गाउँ,पाखा,कन्दरा बाट
नेता जी लाइ शहर छिराइ हाल्यौ
सोचौ त
हईट जनता!
साच्चि हामीले गल्ती गरेकै हौ की?
समय अगाडि बढ्दै गयो
देख्नु पर्ने नयाँ नेपाल
लेख्नु पर्ने नयाँ संबिधान
नेता जीले बिर्सदै गए
चुनावी प्रतिबद्धता बिर्सदै गए
टोल बिर्से,गाउँ बिर्से
जनता बिर्से
तर हामी जनता
नेताकै गुणगाण गाइरह्यौ
हईट जनता!
सोचौ त
हामीले हाम्रा नेतालाई खबरदारी गरेनौ की?
समय अझै घर्किदै गयो
नेताको बोलीहरु फेरिदै गयो
एउटा लिखे नेता जी भन्छ
फलानो प्रदेश,फलानो स्वायत्तता
फलानो गाउँ हाम्रो फलानो टोल मेरो
अर्को भुस तिघ्रे भन्छ
त्यसो हुन्न हुनै सक्दैन
फेरि अर्को मरनच्याँसे भन्छ
जनता तिमी बादर हौ
अर्को थरी भन्छ
जनता तिमी मान्छे हौ
खै त जनतालाई जनता ठानेको
कहाँ गए?जनताको जनता हुनुको
आफ्नै पहिचान,आफ्नै अधिकार
हईट जनता!
सोचौ त
जनताको नेता नचिनेर हामीले महाभुल गर्यौ की?
राष्ट्रियताको कुरा खै?
स्वाधीनताको कुरा खै?
लुछाचुडी,तानातान,हानाहान
फेरि नेताजी आदेश गर्नुहुन्छ
हाम्रो माग पुरा भएन
नेपाल बन्द गरौ
त्यो उस भुसतिघ्रेको पुत्ला दहन गरौ
जनताले जनतालाई बन्द गर्छौँ
जनता कै धनमाल तोड फोड गर्छौँ
जनता कै टाउको फुटाउछौ
अनि जनता कै जित ठान्छौ
नेताजी मख्ख पर्छन्
स्वार्थ पुरा हुन्छ र भन्छन्
धन्य जनता तिमी भेडा हौ
हामीले भनेको जे पनि मान्छौ
र पो नेता बनिरहेको छु
बनिरहनेछु
हईट जनता!
सोचौ त
जनता बाट हामी भेडा पो बनिसक्यौ की?
हईट जनता!!!!
सि.पी.मगर
स्याङजा हाल-दक्षिण कोरिया
-सि.पी.मगर - |
हिजो चुनावको बेला
नेताको चिल्लो बोलीमा फसेर
नेता जिताउन कम्मरमा खुकुरी कसेर
नेता जितायौ पनि
फूल माला अबिरले
नेता जीको जय जय गर्यौ
गाउँ,पाखा,कन्दरा बाट
नेता जी लाइ शहर छिराइ हाल्यौ
सोचौ त
हईट जनता!
साच्चि हामीले गल्ती गरेकै हौ की?
समय अगाडि बढ्दै गयो
देख्नु पर्ने नयाँ नेपाल
लेख्नु पर्ने नयाँ संबिधान
नेता जीले बिर्सदै गए
चुनावी प्रतिबद्धता बिर्सदै गए
टोल बिर्से,गाउँ बिर्से
जनता बिर्से
तर हामी जनता
नेताकै गुणगाण गाइरह्यौ
हईट जनता!
सोचौ त
हामीले हाम्रा नेतालाई खबरदारी गरेनौ की?
समय अझै घर्किदै गयो
नेताको बोलीहरु फेरिदै गयो
एउटा लिखे नेता जी भन्छ
फलानो प्रदेश,फलानो स्वायत्तता
फलानो गाउँ हाम्रो फलानो टोल मेरो
अर्को भुस तिघ्रे भन्छ
त्यसो हुन्न हुनै सक्दैन
फेरि अर्को मरनच्याँसे भन्छ
जनता तिमी बादर हौ
अर्को थरी भन्छ
जनता तिमी मान्छे हौ
खै त जनतालाई जनता ठानेको
कहाँ गए?जनताको जनता हुनुको
आफ्नै पहिचान,आफ्नै अधिकार
हईट जनता!
सोचौ त
जनताको नेता नचिनेर हामीले महाभुल गर्यौ की?
राष्ट्रियताको कुरा खै?
स्वाधीनताको कुरा खै?
लुछाचुडी,तानातान,हानाहान
फेरि नेताजी आदेश गर्नुहुन्छ
हाम्रो माग पुरा भएन
नेपाल बन्द गरौ
त्यो उस भुसतिघ्रेको पुत्ला दहन गरौ
जनताले जनतालाई बन्द गर्छौँ
जनता कै धनमाल तोड फोड गर्छौँ
जनता कै टाउको फुटाउछौ
अनि जनता कै जित ठान्छौ
नेताजी मख्ख पर्छन्
स्वार्थ पुरा हुन्छ र भन्छन्
धन्य जनता तिमी भेडा हौ
हामीले भनेको जे पनि मान्छौ
र पो नेता बनिरहेको छु
बनिरहनेछु
हईट जनता!
सोचौ त
जनता बाट हामी भेडा पो बनिसक्यौ की?
हईट जनता!!!!
सि.पी.मगर
स्याङजा हाल-दक्षिण कोरिया
0 comments
Write Down Your Responses