संबिधान सभामा भएको आक्रमणको जनसम्पर्क समिती कोरियाको कडा आपत्ती
नमस्ते नेपाल कोरिया संवाददाता
हिजो संबिधान सभामा एमाओवादी नेतृत्वको बिपक्षी मोर्चले गरेको आक्रमणको नेपाली जनसम्पर्क नेपाली जनसम्पर्क समिती कोरियाका सभापती नवराज सिवाकोटी द्वारा हस्ताक्षरित प्रेस विज्ञप्ती हेर्नुहोस्–
प्रेस विज्ञप्ति
हिजो मिति २०७१।१०।५ को मध्यराती संबिधान सभा जस्तो गरिमामय थलोमा एकीकृत माओवादी हेडक्वार्टर पेरिस डांडाको प्रत्यक्ष निर्देशनमा एमाओवादी र उसको मोर्चामा आवद्ध मधेसी सभासदहरुले गरेको आक्रमणले केही सभासदहरु, मर्यादा पालकहरु घाइते र जंगली शैलीमा गरिएको व्यापक तोडफोडको घटनाप्रति नेपाली कांग्रेसको अन्तरास्ट्रिय भातृ संगठन नेपाली जन सम्पर्क दक्षिण कोरियाको गम्भीर ध्यानाकर्षण भएको छ । जनताको प्रतिनिधी रहेको ऐतिहासिक थलोमा भएको यो घटनाको जति निन्दा गरे पनि पुग्दैन ।
संविधान घोषणा गर्ने मिति नजिकिदै गर्दा माओवादी नेतृत्वको मोर्चाले गरेको नेपाल बन्द र संविधान सभामा भएको जंगली प्रवृतिले एकीकृत माओवादीले जनताको संविधान नचाहेको प्रष्ट भईसकेको छ । रत्नाकरजस्तो कुख्यात डाकु पछि सुध्रेर वाल्मीकि भएको ईतिहास हाम्रो अगाडि भएपनि एमाओवादीको रत्नाकर प्रबृति अहिलेसम्म वाल्मीकि र बुद्धको दिशामा नरहेको स्पष्ट देखिएको छ । मुडेबलमा विश्वास गर्नेहरु जनतको मतमा बिश्वास गर्न सक्दैनन् भन्ने प्रमाण हिजोको घोर अलोकतान्त्रिक गतिबिधीले देखाएको छ। हिजोको भएको घटना सामान्य गल्ती मात्र नभएर सिङ्गो लोकतन्त्र माथिको ठाडो प्रहार हो ।
एकातिर जनताको अधिकारको कुरा गर्ने एमाओवादी र उ नेतृत्वको मोर्चा अर्कातिर जनताको मतलाई कुल्चिएर कसरी नांगिएको छ भनेर दिनको घाम जत्तिकै छर्लंग छ। एक बर्ष भित्र सहमती नभए प्रक्रिया गएर भएपनि टुंगाउने ‘भ्रिष्म प्रतिज्ञा’गरेको एमाओवादीको शैली र व्यवहार कुनै पनि सचेत र लोकतान्रिक समाजको लागी लज्जाको बिषय भनेको छ ।
यो घटनामा संलग्न सभासदहरुलाई कडाभन्दा कार्वाही गरि संविधान सभाको मूल्य र मान्यतालाई ध्यान गर्दै प्रक्रियाबाट भए पनि देश र विदेशमा बस्ने नेपालीहरुले संविधान सभा बाटै नेपालको मूल कानुन चाहेको छ । नेपाली कांग्रेसको नेतृत्वलाई पनि छिटो भन्दा छिटो प्रक्रियामा गएर पनि लोकतान्त्रिक संबिधान जारी गर्न बिशेष पहलकदमी लिन हार्दिक आग्रह गर्दछौं । देश र जनतालाई अन्तर्राष्ट्रिय स्तरमा बेईजतीको सामना गर्न वाध्य हुने यस्ता नालायक गतिविधि रोकेर तोकिएका बन्दका कार्यक्रमहरु फिर्ता लिई जनमतको सम्मान गर्न सम्बन्धित पक्षलाई आग्रह गर्दछौं । साथै संविधान सभामा भएको आक्रमणबाट घाईते सभासदहरु र मर्यादापालकहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । जय नेपाल
नबराज शिबाकोटी
सभापति
नेपाली जन सम्पर्क समिति, दक्षिण कोरिया

0 comments
Write Down Your Responses