सलनालको सांस्कृतिक कार्यक्रमको लागि चुम्लुङले कलाकार छान्यो
सन्त लिम्बु,
दक्षिण कोरिया - किराँत याक्थुङ चुम्लुङ कोरियाले २०१५ को सलनालमा आयोजना गर्ने सास्कृतिक कार्यक्रमका लागि कलाकार छनौट पूरा गरेको छ |चुम्लुङले फेब्रुवरी १८ मा गर्ने कार्यक्रमका लागि गत सोमबार कलाकारको छनौट पुरा गरेको हो |
छनौटमा परेका कलाकार ६ जना रहेका छन् | चुम्लुङका अध्यक्ष भीम चेम्जोङका अनुसार मिस नेपाल सुबिन लिम्बु सहित बिभिन्न विधाका कलाकार कोरिया आउन लागेका हुन् | अन्य कलाकार मध्ये प्रसिद्ध लोक गायक पशुपति शर्मा, पप तथा रक गायिका आस्था राउत , क्वीन मेलोडी नामले चिनिएकी श्रेयसी चेम्जोङ,हट डान्सर रष्मी तामाङ र हास्य कलाकार तक्मे बुढा ( विल्सन बिक्रम राई ) रहेका छन् |
कार्यक्रममा मिस नेपाल लिम्बुले गायन तथा नृत्य प्रस्तुत गर्नुका साथै कोरियामा रहेका नेपाली समुदाय समक्ष मिस वल्डमा सहभागी हुँदाको अनुभव पनि सुनाउने छिन |
चुम्लुङले २ हप्ता अघि नै हलको व्यवस्था गरिसकेको छ | उसले फेब्रुवरी १८ का लागि संसार मै चिनिएको गाङनाममा रहेको 'लभ अफ कल्चर हल' मा ब्यबस्थानसंग सम्झौता गरेको हो |२ नम्बर ट्रेन लाईनको सच्छो स्टेशनबाट ३ नो गेट कै अगाडी हल रहेको छ |त्यसैगरि चुम्लुङले आउदो आइतबार सोलमा बिशेष कार्यक्रम आयोजना गरि पोस्टर र हल सार्बजनिक गर्ने भएको छ |
ताप्लेजुङ जिल्ला अस्पतालमा एम्बुलेन्स किन्न, पांचथर र इलामको सिमानामा रहेको राँके भन्ज्याङमा भएको आगलागी पिडितको सहयोग गर्न र लिम्बु भाषाको पाठ्यक्रम विकासमा सहयोग गर्न चुम्लुङले सास्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो |
चुम्लुङले एनआरएन कोरियाद्वारा प्रस्ताब गरिएको नेपाल हाउसलाई समेत मुनाफाको केहि प्रतिशत दिने जनाएको छ | चुम्लुङले २०११ मा आयोजना गरेको सास्कृतिक कार्यक्रमबाट प्राप्त मुनाफा समेत नेपाल हाउसलाई १० लाख वन सहयोग गरेको थियो |

0 comments
Write Down Your Responses