किम्हेमा सस्तो बजारबाट चेपांगको घर निर्माण सहयोग जुटाउदै |

निर्मल थपलिया - किम्हे , द कोरिया 
नेपालमा बिकट बस्तिहरुमा अति बिपन्न बर्गको अवस्था देख्ने र सुन्ने जो कोहि मानबिय ह्रदय भएका मानिसलाई आफुले सक्ने केहि  सहयोग गरौ भन्ने भावना जाग्नु स्वाभाविक नै हो | राजधानीको नजिक रहेर पनि  मानबिय पुर्बाधारबाट बन्चित रही  सधै अभाब र संकटमा जीवन गुजारिरहेका चेपांग जाती मध्य चितवन लोथर को  कान्दा  भन्ने गाउँलाई रुपान्तरण गरि गास- बास -कपास, स्वास्थ्य, शिक्षाको व्यवस्था गर्नुको साथै  आत्मनिर्भर गराउने र भविष्यमा उक्त ठाउँलाई पर्यटक होम स्टेको रुपमा बिकसित गर्दै लैजाने लक्ष्यका साथ लक्ष्मी प्रतिस्ठानले बिस्वभारिका नेपालीहरुको सहयोगबाट काम गर्दै आएको छ |
मानबिय हृदय भएका व्यक्ति व्यक्तिको सामुहिक प्रयास नै समाज रुपन्तरंको जग हो |  लक्ष्मी प्रतिस्ठानका अध्यक्ष बिष्णु गौतमले भने जस्तै 'ठुला ठुला कुरा हैन, साना तिना योगदान गरेर मात्र समाज रुपान्तरण गर्न सकिन्छ'।

यस्ता बिपन्न बर्गको उत्थानको लागि आफ्नु तर्फबाट केहि गरौ उदेश्यको साथ रकम संकलनको लागि किम्हे मैग्रेंट्स हाउस किम्हे, दक्षिण कोरियाले जून १५ को दिन किम्हेको ब्यस्त बजारमा सस्तो बजारको आयोजनामा गरेको थियो |
उक्त सस्तो बजारमा दक्षिण कोरियाको प्रचलित लोगो अंकित कपडाहरु  मौसम सकिन लागेकोले सस्तो मुल्यमा बिक्रीमा राखिएको थियो | गर्मीमा लगाउन मिल्ने कपडाहरु पनि बिक्रीमा राखिएको थियो |
 किम्हे मैग्रेंट्स हाउसको तर्फबाट  चेपांगहरुको घर निर्माणको लागी सहयोगार्थ लेखिएको ब्यानर सहित हरि थपलिया, निर्मल थपलिया, हरिकृष्ण श्रेष्ठ, धरणीधर न्यौपाने, दिलिप थापा, सुर्य मानन्धर, राजन अधिकारी लगायतले सस्तो कपडा बिक्री गर्नको लागी सहयोग पुर्याएका थिए | उक्त स्थलबाट एन आर एन कोरियाको क्षेत्रीय अध्यक्ष दिपक राज रेग्मी, मकवानपुर कोरिया सम्पर्क मंचका अध्यक्ष रमेश उप्रेती,प्रवाशी खेलकुद समितिका अध्यक्ष शुसिल गौचनले कपडाहरु गुणस्तरीय र राम्रो भएको र परोपकारी कामको लागी बिक्री भएको हुदा खरिद गर्न आएको प्रतिक्रिया दिदै नेपालको बिपन्न बर्गको उत्थानको लागी यस्तो काम गरेकोमा आयोजक मैग्रेंट्स हाउस र सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए |
बिपन्न बर्गको अवस्थालाई बुझेर सहयोग गर्न आउने नेपालीको लागी आगामी महिना सम्म किम्हे मैग्रेंट्स हाउसमा कपडा बिक्री खुल्ला रहने भएको छ |
सहयोगको लागी किम्हे मैग्रेंट्स हाउस अथवा निम्न व्यक्तिलाई सम्पर्क गर्न सकिने छ |
हरि कृष्ण श्रेष्ठ -०१०२७५८११९५
हरि थपलिया -०१०७३०५८६४३
निर्मल थपलिया -०१०७७०८२५९१
मधु सुधन महत -०१०६६६८३८१२
नगद सहयोग गर्न इच्छुक दाताहरुले  बैंक मार्फत रकम पठाउन सक्नुहुनेछ |
खाता न.- 84790101447442 KB bank narayan p

लक्ष्मी प्रतिष्ठानद्वारा संचालित कान्दा रुपान्तरण परियोजनाको एक झलक

१)लक्ष्मी प्रतिष्ठानले चितवन जिल्लाको लोथर गाबिस कन्दामा सुरु गरेको कामहरु:-

क) ८५ वटा सुलभ शौचालय सहित भएका घरहरु निर्माण ख) प्रति परिबार २ वटा बाख्रा ग ) प्रति परिबार २ घर मौरी घ ) प्रति परिबार २५-१०० फलफुलको बिरुव उपलब्ध र रोपन मा सहयोग ( जग्गा जमिन र भौगोलिक अवस्था हेरेर ) ङ्) प्रत्यक परिवारलाई हस्तकलाका सामग्री निर्माण तालिम ,बजार ब्यबस्था च ) कान्दा संरक्षण कोष स्थापना छ ) सम्भव भएका घरहरुमा होम स्टे प्रोग्राम गरिने ज ) चेपांग बाल बालिकाहरुकालागी स्थानीय बिद्यालय सशक्तिकरण गरिने झ ) पिउने पानीको बेबस्था ञ) भौगोलिक कारणले बाल बालिकाहरु बिद्यालय पुग्न कठिन देखिएकाले एउटा सुबिधा युक्त छात्राबास निर्माण गरिने।

२) १४ महिनामा सम्पन्न गरेको कामहरु:-

क) ५१५ बोट स्याउ रोपन (१६०० मि भन्दा माथी ) र सफलता पुर्वक हुर्की रहेको अबस्था ख)१८ वटा घर निर्माण सम्पन्न, ३२ वटा घर निर्माण सामग्री वितरण। ग) प्रति परिवार १बोरा कपडा ( संकलित) २ थान नयाँ कम्बल ,९८ जोर बिध्यालय पोशाक २५५ थान, भाडाकुडा र शैक्षिक सामग्री (नयाँ ) वितरण घ) आलु खेति तालिम तथा बिउ वितरण ङ्) साढे दुइ लाख बराबर को खाद्यान्न वितरण च )५० परिवारलाई( प्रति थान ९००० बरबरको ) सोलार बत्ति वितरण छ ) घर निर्माणका आबस्यक पिक साबेल,रन्दा ,लगायत (६०हजार बराबर काआबस्यक औजारहरु वितरण

३)हाल भैरहेका कामहरु:-

क ) १२ वटा घरहरु निर्माणाधीन ख)१०६ सिट क्षमताको( ६ ब्लक) छात्राबास को लागि जग्गा प्राप्ति र घडेरी बनाउने काम निरन्तर ग)१/१ जना कृषि प्राबिधिक र सहायक नियुक्त( प्रति महिना २५,००० बजेट मा ) घ)८५ परिबार बाट सामुहिक रुपमा काम गर्ने भावना अनुसार २४ जना सिकर्मी डकर्मी र अन्य सबैलाई संलग्न गराई कार्य टोलि निर्माण तथा परिचालन । ङ्)लाल पुर्जा नभएका चेपांगहरुलाई घडेरी उपलब्ध गरौं जर्वंग मा १५ रोपनी जग्गा खरिद गरिदै जस्ले करिब ३० परिबारलाई घडेरी पुग्ने छ र यसमा जम्मा ५०,०००/ मात्र लगानी हुनेछ।

४) गर्नबाकी कामहरु

४)गर्न बाकी कामहरु :-
क) ५३ वटा घर निर्माण ख) छात्राबास निर्माण ग) पिउने पानीको व्यवस्था घ) सैक्षिक सामाग्री वितरण र छत्र बास संचालन ङ्)करिव ४००० फलफुल बिरुवा रोपन। छ)१७० वटा बाख्रा वितरण। छ)१७० घर मौरी उपलब्ध गराउनु। ज) फलफुल खेति , तरकारीखेती,पशुपालन ,मौरी पालन, अतिथि सत्कार तथा हस्तकलाका तालिम उपलब्ध


/नोट :-A) माथि उल्लेखित हाल सम्म कारब १० वटा भ्रमण पटक पटक समान ढुवानी गर्दा करिब २,५०,०००/खर्च।
B) लक्ष्मी प्रतिष्ठानको परियोजन सम्पन्न भर पछि त्यसको निरन्तरता कान्दा संरक्षण कोषलाइ हस्तान्तरण गर्ने छ।
C)हाल सम्म उक्त परियोजनाकोलागी लक्ष्मी प्रतिष्ठानमा दाताहरुबाट रु ३४,६३,४३७/ प्राप्त भएको छ भने प्रतिष्ठानको खातामा रु १४,९२४७५/ मौजाद रहेको छ।
D)परियोजना सम्पन्न गर्न हामीलाई करिब गाउँ रुपान्तरण तर्फ़ रु ९८,०००००/०० भने छात्राबास निर्माणका लागि रु ३५,००,००० /०० रहेको छ / 

0 comments

Write Down Your Responses

-->