छुसकमा ३ वटा सस्थाहरूले सांस्कृतिक कार्यक्रम गर्ने ।

विष्णु न्यौपाने -सउल ,दक्षिण कोरिया 
 आउदै गरेको कोरियन महान चाड छुसक को अबसरमा गरिने सांस्कृतिक कार्यक्रम र चिट्ठा कार्यक्रम  जुन १५ तारिक आइतबारका दिनबाँटफाँट भएको छ ।

नेपाली सम्पर्क समिति द्धारा आयोजित सो कार्यक्रममा संघ सस्थाका प्रतिनिधि, बुद्धिजिबी, पत्रकार,र मजदुर हरूको उपस्थितिमा कार्यक्रम बाँटफाट भएको हो । कार्यक्रम माग गर्न ८ वटा सस्थाहरूले आबेदन दिएका थिए, जसमा नेपाल मगर संघ, नेपाल गोर्खा परिवार, किरात याक्थुङ चुम्लुङ, रूपन्देही सम्पर्क समिति,खोटाङ सेवा समाज, म्याग्दी समाज,धरान कोरिया सहयोग समित र तनहु सम्पर्क समिति ले आबेदन दिएका थिए । ति मध्ये ३ वटाले कार्यक्रम गर्न पाउने भएका छन । कार्यक्रम पाउनेमा मगर संघ दक्षिण कोरिया, रूपन्देहि सम्पर्क समिति र खोटाङ सेवा समाज रहेका छन । छुसकको पहिलो दिन अर्थात सेपटेम्बर ७ मा मगर संघ ले गर्ने र दोस्रो दिन ८ तारिकमा रूपन्देहि सम्पर्क समिति र खोटाङ सम्पर्क समितले गर्ने सहमति भएको छ । यसैगरी चिट्ठा तर्फ राप्ति सम्पर्क मंञ्च, नमस्ते पाल्पा परिवार र धाधिङ सम्पर्क समितिले गर्ने भएका छन । यो छुसकमा (추석)  सास्कृतिक कार्यक्रम र चिट्ठा कार्यक्रम गर्न गईरहेका संघ सस्थाहरू को कार्यक्रम लाई सफल  बनाईदिनु हुन सबै संघ सस्थाहरू लाई र कोरियामा रहनु भएका नेपाली हरूलाई NCC का अध्यक्ष लोचन राईले अनुरोध गर्नु भएको छ ।
यसै गरी सउलमा रहेको नेपालीहरू को साझा घर  "नेपाल हाउस" लाई संञ्चालन  गर्न आउदो सलनाल मा नेपाल हाउस ब्यबस्थापन समितिलाई कार्यक्रम गर्नदिन NRN का अध्यक्ष विनोद कवर ले सबै सग अनुरोध गरेका छन । संघ सस्थाका प्रतिनिधि हरूले भने सलनालमा हुने कार्यक्रम बाँटफाट हुनु अगाबै एक पटक सबै सँग छलफल गरी सहमति गरेर नेपाल हाउस ब्यबस्थापन समितिलाई सलनालमा कार्यक्रम दिन सकिने बताएका छन ।

0 comments

Write Down Your Responses

-->