कोरियामा ‘मानसिक तनाव,व्यक्तित्व बिकास र श्रमिकका समस्या ‘बिषयक अन्तरक्रिया कार्यक्रम हुने

कृष्ण बस्याल ,कोरिया ।

दक्षिण कोरियामा पहिलो पटक ‘मानसिक तनाव ,व्यक्तित्व बिकास र श्रमिकका समस्या ‘बिषयक बृहत अन्तरक्रिया कार्यक्रम हुने भएको छ । पाचंथर सम्पर्क समिती दक्षिण कोरियाको आयोजनामा हुने सो अन्तरक्रिया कार्यक्रम यहि जुन २९ ताकिख आईतवार दोङदुचन स्थित नमस्ते रेष्टुरेण्टमा हुन लागेको बताईएको छ । पाचंथर सम्पर्क समितीका अध्यक्ष तथा कोरियाका सक्रिय समाजसेवी मनिचन्द्र चेमजोङका अनुसार कोरियामा नेपाली श्रमिकको बढ्दो समस्या ,व्यक्तित्व बिकासको लागी कस्ता उपाय अपनाउनु पर्ने र कम्पनीमा काम गर्दा हुने मानसिक तनावबाट बच्न अपनाउने उपायबारे गहन छलफल हुनेछ ।
बिशेष गरी श्रमसहचारी संग श्रमिकले खुलेर आफ्ना समस्या राख्न सक्ने पनि अध्यक्ष चेमजोङ्ले बताए ।
मानसिक समस्या र नेतृत्व बिकासका बारे चर्चित मनोबिज्ञ राजसंसार श्रेष्ठले आफ्नो बिशेष मन्तव्य राख्नेछन् । यसैबिच संस्थाले कोरियामा रहेका नेपाली संघ संस्था ,बुद्दिजिवी ,श्रमिक लगायत सबैलाई उपस्थीतीको लागी अनुरोध गरेको छ ।
कार्यक्रम हुने मिती :२०१४/०६/२९ (आईतवार )
समय:मध्यान्ह ठिक १२:०० बजे ।
स्थान :नमस्ते रेष्टुरेण्ट दोङदुचन ,जिहेङ्
(लाईन न १ जिहेङ् स्टेशन १ न गेटबाट निस्कने ,नेपाली गुम्बा नागार्जुन गुम्बाबाट १ मिनेट पैदल )

0 comments

Write Down Your Responses

-->