नेपाललाई कोरियाको निरन्तर सहयोग

देवेन्द्र सम्बाहाम्फे -सउल, दक्षिण  कोरिया -
दक्षिण कोरियाली परराष्ट्रमन्त्री युन व्यङ सेले नेपालको बिकासका लागि कोरियाले निरन्तर सहयोग गर्ने बताएका छन् । नेपाल र कोरियाबिच कुटनीतिक सम्बन्ध स्थापना भएको ४० औं बर्षगांठका अवसरमा दुई दिने औपचारिक भ्रमणमा रहेका परराष्ट्र मन्त्री  महेन्द्र पाण्डेसंग बुधबार भएको औपचारिक भेटबार्तामा मन्त्री युनले सो जानकारी दिएका हुन् । 

कोरियाली परराष्ट्र मन्त्रालय सोल जोङनोमा भएको भेटबार्तामा मन्त्री युनले नेपाल र कोरिया विकास र ब्यापारमा साझेदार रहेकाले  नेपालको बिकासमा निरन्तर सहयोग गर्ने बताउदै यसै बर्षदेखी ग्रामीण बिकासका लागि नेपाललाई नयाँ सामुदायिक अभियानको  (सेमाउल उन्दोङ) परियोजनामा समावेश गराउन लागिएको जानकारी दिए ।

कोरियाले नेपाललाई सन् १९८७ देखि सहयोग प्रदान गर्दै आएको छ । सरकारी विकास सहायता (ओडीए) मार्फत सन् २०१२ सम्ममा लगभग १२ करोड अमेरिकी डलर प्रदान गरेको छ । त्यसैगरि सन् २०१४ का लागि कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका) मार्फत १ करोड २६ लाख अमेरिकी डलर सहयोग गर्ने लक्ष राखेको छ ।

मन्त्री युनले दुई देशबिचको पुरानो सम्बन्ध रहेको चर्चा गर्दै यसपालिको भ्रमणले आपसी सहयोग वृद्धि गर्न र राज्यस्तरीय भ्रमणका लागि वातावारण तयार भएको बताए ।  कोरियाको बिकासमा २२ हजार नेपाली श्रमिकको योगदानलाई उच्च मुल्यांकन गरिएको बताउदै  अझ वृद्धि गर्ने बताए ।

मन्त्री युनले चमेलिया,माथिल्लो त्रिशुली,माथिल्लो मोदी, पूर्व पश्चिम रेल मार्ग , काठमाण्डौ मेट्रो जस्ता आयोजनाहरु समयमै सफलतापूर्वक सम्पन्न गराउन नेपाल सरकारको सहयोग आवश्यक रहेको बताए ।

मन्त्री युनले प्रत्येक वर्ष ३० हजार कोरियाली जनताले नेपाल भ्रमण गर्ने गरेको उल्लेख गर्दै उनीहरुको सुरक्षा दिन नेपाल सरकारलाई आग्रह गरेका थिए ।

सो अवसरमा परराष्ट्र मन्त्री  महेन्द्र पाण्डेलेकोरिया सरकारबाट हालसम्म प्राप्त सहयोगका लागि धन्यवाद व्यक्त गर्दै भविष्यमा अझ सहयोग विस्तार गर्न अनुरोध गरेका थिए ।

मन्त्री पाण्डेले  कोरियन लगानीकर्तालाई नेपालमा लगानी गराउन कोरियन सरकारले प्रोत्सहन गराइदिन आग्रह गरेका थिए ।
मन्त्री पाण्डेले एक महिना अघि जिन्दो समुन्द्रमा भएको  पानी जहाज दुर्घटनामा मृत्यु तथा बेपता भएका यात्रुको परिवार प्रति गहिरो समबेदना व्यक्त गरेका थिए । मन्त्री पाण्डेले आउँदो नोभेम्बरमा काठमान्डौमा हुने सार्क शिखर सम्मेलनमा  कोरियाको भूमिका महत्वपूर्ण रहने बताएका थिए ।

दुवै परराष्ट्रमन्त्रीहरुले दुइदेशबीचको क्षेत्रीय र अन्तर्राष्ट्रिय बिषयमा छलफल गरेका थिए । दुई मन्त्री बीच सास्कृतिक तथा मनावशक्ति आदानप्रदान गर्न सहमत भएका थिए । ब्यापारिक लगानी बढाउदै लैजाने सहमति पनि गरे ।

नेपाल धेरै श्रम शक्ति र जलश्रोत पर्याप्त भएको देश , पर्यटनको प्रचुर संभावना भएको देश हो  भने कोरिया प्राबिधिक दक्षता हासिल गरेको देश भएकाले दुवैको सम्बन्ध अपरिहार्य रहेको बिचार मन्त्रीद्धयले ब्यक्त गरेका थिए ।   मन्त्री पाण्डेले मन्त्री युनलाई नेपाल भ्रमणका लागि निम्तो दिएका थिए ।

 भेटवार्ताका अवसरमा कोरियाका लागि नेपाली राजदूत कमानसिंह  लामा, उद्योग मन्त्रालयका सचिव कृष्ण ज्ञवाली,लगानी बोर्डका कार्यकारी अधिकृत राधेश्याम पन्त, परराष्ट्र मन्त्रालय उत्तरपूर्वी एशिया महाशाखा प्रमुख अम्बिकादेवी लुईटेल र उपनियोग प्रमुख राजाराम बर्तौला लगायतका प्रतिनीधि सहभागि थिए ।

दश सदस्यीय प्रतिनीधि मण्डल सहित औपचारिक भ्रमणमा आएका मन्त्री पाण्डेलाई बुधबार  सांझ  यहां रहेका नेपाली समुदायले स्वागत गरेका छन् ।  उनले बिहिबार सोलस्थित नेपाली दूतावासले आयोजना गरिएको ‘इम्पावारीङ नेपाल २०१४ ’ उदघाटन गर्ने कार्यक्रम  रहेको  छ ।

0 comments

Write Down Your Responses

-->