बिदेशी कामदारहरु कोरियाको थेजिकमको नया नियमले अफ्ठेरोमा
निकुञ्ज तिवारी ,दक्षिण कोरिया ।
इपिएस मार्फत (इ–९) भिषामा रोजगारीका लागि दक्षिण कोरिया आयो । आप्रवाशी कामदारलाई दिएको ४ वर्ष १० महिनाको
भिषा सकियो । स्वदेश फर्किने तयारी ग¥यो ।
स्वदेश फिर्ताको नक्कली हवाई टिकट किन्यो । पासपोर्ट टिकट र बैंकको खातानम्बरको प्रतिलिपी ‘सामसुङ ह्वाजे कम्पनी’ (भिषा अवधिभर काम गरे वापत पाउने विमा रकम ‘थेजिकगम’ दिने) लाई बुझायो ।
भोलीपल्टै कामदारको बैंक खातामा मासिक १ लाख कोरियन वनका दरले काम गरे अवधिभरको जम्मा रकम एकमुष्ट आयो । कामदार मख्ख प¥यो । तुरुन्त हुण्डी वा बैंकमार्फत स्वदेशका आफन्तको नाममा पैसा पठायो । टिकट क्यान्सिल ग¥यो । र अवैधानिक लुकिछिपी काम गर्नतीर लाग्यो ।
आप्रवाशी कामदारहरुको चलाखी देखिरहेको रोजगार मन्त्रालयले सरकारले शुशुचित गरायो । अन्ततः सरकारले आप्रवाशी कामदारलाई थेजिकगम् सम्वन्धि नयाँ नियम बनाइदियो । यधपि, आप्रवाशी कामदारहरु अब उक्त रकम नपाउने होकी भन्नेमा चिन्तित छन् ।
ईपिएस अन्र्तगत दक्षिण कोरियामा कार्यरत र अब आउने प्रवासी कामदारले ‘थेजिक्गम’ बिमा रकम स्वदेश फर्केपछि मात्र पाउने भएका छन् । कोरियाली संसदले हालै पारित गरेको नयाँ नियम अनुसार ति कामदारहरुले कोरिया छोडेको १४ दिन भित्र रकम पाउने छन् ।
मजदुरले ४ वर्ष १० महिना काम गरेवापत कम्पनी संचालक र मन्त्रालयले जम्मा गरिदिएको रकम स्वदेश फर्केको १४ दिनभित्रमै पाउने छन् । यसअघि श्रम करार अवधि सकिन अगावै उक्त रकम पाउँदै आएका थिए । कामदारले एक वर्ष काम गरेपछि एक महिनाको तलबभत्ताको अंक जति ‘थेजिक्गम’ बिमा रकम पाउने ईपीएस नियममा उल्लेख छ ।
नयाँ नियम आउदो जुलाई २९ देखि देखि लागु हुने भएको हो । जुलाईअघि कार्य अवधि सकिने कामदारले भने कोरियामै पाउने छन् । बिमा रकम पाउन कामदारले स्वदेश फर्कन अगावै वा स्वदेश फर्केर आबेदन गर्न सक्ने छन् । यस अघि कोरिया सरकारले नेपाली कामदारलाई राष्ट्र बैंकबाट अनुमतिप्रप्त क बर्गको बाणिज्य बैंकमा खाता खोल्न नियम जारी गरेको थियो ।
परिवर्तित नियम अनुसार बिमा रकम तीन ३ वर्षभित्र आवेदन गरिसक्नु पर्ने छ । ३ वर्षभित्र आबेदन नदिए उक्त रकम मानव संसाधन विकास (एचआरडी) लाई हस्तान्तरण गरिने प्रावधान बनाइएको छ । बिमा पाउने अवधिसम्म काम गरि कम्पनी परिबर्तन गरेका मजदुरको हकमा पनि सो नियम लागु हुनेछ ।
नयां नियम प्रवासी मजदूरको हित बिपरित रहेकाले कोरिया मजदूर संघ र प्रवासी मजदूर युनियनले बिरोध गरेका छन् । उनीहरुले यो नियम खारेज गर्न संबैधानिक अदालतमा मुद्धा हालेकोे बताएका छन् । फैसला नभएसम्म नियम लागु नगर्न श्रम मन्त्रालयमा निवेदन गर्ने तयारी गरिरहेका छन् ।
त्यस्तै विरोधकै शीलशीलामा हिजो सोमबारबाट संसद भवन अगाडि एक घण्टा ‘थेजिकम फिर्ता गर’ लेखिएको बोर्ड लिएर मजदुर युनियनका प्रतिनिधिहरुले धर्ना दिएको बताइएको छ ।
प्रवासी मजदूर यूनियमका अध्यक्ष उदय राईका अनुसार मंगलबार प्रजातान्त्रिक समाजको लागि सर्मपित वकिलहरुको संगठनका युन जी यौङ धर्नामा बसेका थिए । बुधबार केसिटियुका प्रतिनिधि धर्नामा बस्ने राइले बताए । उनका अनुसार मे १२ देखि जुलाई ३० सम्म एकल विरोध प्रदर्शन जारी रहने छ । साथै हस्ताक्षर अभियान पनि जारी गरिएको छ ।
नयाँ नियम लागु भए धेरै प्रवासी मजदूर बिमा पाउनबाट बन्चित हुने प्रवासी मजदूर यूनियमका अध्यक्ष उदय राई बताउन्छन् । केहि कम्पनीहरुले सहज रुपमा बिमा नदिएको उदाहरण्ाँ प्रसस्त रहेको औलाउँदै राईले नयाँ नियमको सशक्त बिरोध गरिरहेको बताए ।
ऋजबत ऋयलखभचकबतष्यल भ्लम

0 comments
Write Down Your Responses