इन्डियन टिभीमा धुम मच्चाउँदै टेरिया मगर

टेरिया फौजा । झट्ट सुन्दा कुनै विदेशीको जस्तो लाग्छ । भारतीय टेलिभिजन च्यानल जिटिभीको रियालिटी शो डिआइडी लिटिल मास्टर्समा उनको नाम सुन्दा धेरैलाई उनी पनि भारतीय नै होलिन जस्तो लागेको थियो ।
उनको बोलीको लवज तथा उनकी आमालाई देख्ने धेरैले उनी नेपाली मुलकी भारतीय होलिन् भन्ने लख काटेका थिए । तर उनी नेपाली नागरिक हुन् भन्ने कुरा धेरैले धेरैपछि मात्र थाहा पाए ।

भारतीय रियालिटी शोहरुमा नेपाली मुलका भारतीय नागरिकले धेरेपल्ट उधुम मच्चाएका छन् । कतिपल्ट त उपाधि नै जितेका पनि छन् । टेरिया नेपालबाटै डिआइडी लिटिल मास्टर्समा भाग लिन भारतको मुम्बई पुगेकी हुन् । नृत्यमा औधी रुची भएकी तथा त्यसै अनुसारका सफलता पनि हात पर्दै गएकी टेरियाले भाग लिएको कार्यक्रम हरेक शनिबार र आइतबार बेलुकी सवा ९ बजे जिटिभीबाट प्रसारण हुँदै आएका छ ।

डिआइडी लिटिल मास्टर्सको मञ्च आफैंमा निकै ठुलो र प्रतिष्ठित पनि छ । प्रतियोगिताका निर्णायकहरु बलिउडका  गिनेचुनेका कोरियोग्राफरहरु छन् । रुपन्देहीको रुद्रपुर गाविस ६ सुनगाभा चोक स्थायी घर भएकी टेरिया २ बर्षदेखि नै नाँच्न पाउँदा खुशी हुन्थिन् । नृत्यमा खासै ढंग नपुगेपनि रुची राख्ने आफ्ना आमा बुबाका कारण उनले नाच्ने वातावरण पाइन् ।

११ बर्षकी टेरिया नृत्यमा मात्र होइन पढाइमा पनि उस्तै अब्बल छिन् । अहिले ६ कक्षामा पढिरहेकी उनी कक्षामा सधैं पहिलो हुन्छिन् । नृत्यमा त उनी झनै पहिलो हुन्छिन् । अहिलेसम्म भाग लिएका सवैजसो प्रतियोगितामा उनी सफल हुँदै आएकी छिन् । नेशनल ओइल फिल्ड क्याराभान डान्स कम्पिटिसनमा पहिलो भएर उनले एक लाख रुपैयाँको पुरस्कार पनि हात पारिसकेकी छिन् । नेपाल टेलिभिजन बाट प्रसारित राष्ट्रिय डान्स प्रतियोगिता कार्यक्रम खोजि प्रतिभाकोमा उनी शीर्ष १० मा पुगेकी थिइन् ।
जिटिभीको डिआइडीका निर्णायकहरुले पनि उनको क्षमतालाई औधि मन पराउने गरेका छन् । ग्राण्ड माष्टर मिथुनले त उनलाई अझै माथिको उचाई चुम्न सक्ने प्रतिक्रिया दिंदै नेपाल र नेपालीको क्षमताको पनि प्रशंशा गरेका थिए । टप नाइनका लागि भएको भोटिङ्गमा उनले सवैभन्दा बढि भोट पाएकी थिइन् । उनले आफूलाई भोट गर्ने देशविदेशका सवैलाई धन्यबाद दिंदै सवैको भोटको सम्मान गर्ने बताएकी छिन् ।

डिआइडी लिटिल मास्टर्सको पछिल्लो भागमा उनले आफ्नी आमाको बारे सुनाएर सवैलाई भावुक बनाएकी थिइन् । मेरी आमाले मलाई भविष्यमा कोरियोग्राफर बनाउन चाहनुहुन्छ टेरियाले हिन्दी भाषामा भनिन् यसकै लागि आमा क्याण्टिनमा अरुले खाएका जुठा भाँडा माझ्नुहुन्छ । खाना पनि खानुहुन्न तर मलाई खाइसकें भनेर ढाँट्नुहुन्छ । छोरीको यस्तो खुलासा सुनेर दर्शकदीर्घामा रहकी आमाले सुक्सुकाउँदै छोराछोरीले खाए आमाहरु त्यसै अघाउने बताएकी थिइन् । मुम्बईमा अडिसन दिएर टप टेनमा पुगेकी टेरियालाई उपाधितिर अघि बढाउन अब उनको लगन मेहनत र क्षमताले मात्रै नपुग्ने भएको छ ।

यसका लागि उनलाई अनलाइन  भोटिङ्ग आवश्यक छ । नेपाली बालिका टेरियालाई अनलाईन भोटिङ्ग गर्न यहाँ क्लिक गर्नुहोला - VOTE 
-उज्यालोबाट

,

0 comments

Write Down Your Responses

-->