कोरियामा मगर संघ द्वारा आयोजित बनभोज भब्यताका साथ सम्पन्न

सि.पी.मगर-सउल, कोरिया
नेपाली समुदाय बीच भावनात्मक सम्बन्ध बढाउने हेतुले नेपाल मगर संघ दक्षिण कोरिया द्वारा आयोजित दुइ दिने बनभोज भब्यताका साथ सम्पन्न भएको छ।
राजधानी सउल देखि बस यात्रामा करिब २ घण्टामा पुगिने गाफ्यङ गुन् बोक्म्यन भन्ने रिसोर्टमा करिब १५० जनाको सहभागिता थियो भने शनिबार राती र आइतबार गरी बनभोज सम्पन्न भएको थियो।
औपचारिक भन्दा अनौपचारिक रमाइलो भएको उक्त बनभोजमा अतिथिहरुको मन्तव्य र अध्यक्ष पुरन राना मगरले धन्यबाद ग्यापन गर्नु भएको थियो।संघका अत्यन्तै सक्रिय सदस्य द्वय गुद्दु थापा पुन र उषा किरण मगर लाइ बिदाईका साथै खेलाडी तथा कलाकार साथीहरूलाई सम्मान पनि गरिएको थियो।बनभोजमा कलाकारहरु शैलेस राना मगर,नगेन्द्र थापा मगर,खगेन्द्र थापा मगर,कुन्ज मणि थापा मगर लगायतका कलाकारहरुले गीत सुनाउएका थिए भने गोर्खाली कौडा समुहले प्रत्यक्ष कौडा नचाएर सहभागी सबैको मन जितेका थिए।रमाइलो कार्यक्रम सदस्य स्निका थापा मगरले कुशलताका साथ सञ्चालन गर्नुभएको थियो।
पहिलो पटक यस्तो खाले कार्यक्रम आयोजना गरिएको हुनाले ब्यबस्थापनमा थोरै कमजोरी भएको र निर्धारित समय सम्म रमाइलो गर्न नपाइएको ब्यबस्थापन संयोजक होबिर थापा मगरले जानकारी दिनुभएको छ।यति धेरै महानुभावहरुको सहभागिता रहेकोले आफुहरु अत्यन्तै उत्साहित भएको र आउने दिनहरूमा बार्षिक कार्यक्रम भित्रै पारेर हरेक बर्ष यस्तो खाले रमाइलो बनभोज तथा भ्रमण कार्यक्रम राखिने संघका बरिष्ठ उपाध्यक्ष खड्ग थापा मगरले बताउनु भएको छ।

0 comments

Write Down Your Responses

-->