गुल्मी सम्पर्क समिति कोरियाद्वारा नेपालको बृद्दाश्रमलाइ सहयोग

नमस्ते नेपाल कोरिया संवाददाता 
दक्षिण कोरियामा बसोवास गर्दै आएका नेपाली समुदायको सहयोगमा  गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले  यहाँको  महान् चाड सलनालको अवसरमा 'रेसुंगा सास्कृतिक झलक 'भाग २ को आयोजना गरी  अत्यन्त कुशलतापूर्वक कार्यक्रम सम्पन्न गरी संकलन गरेको  रकम रुद्रवेनी बृद्दाश्रमलाई १० लाख रुपियाँ  हस्तान्तरण गर्ने निर्णय गरेको यस सस्थाका सचिव  चन्द्र  पराजुलीले जनाएका छन् l
रुद्रवेनी  वृद्धाश्रम संचालक समितिसंग  छलफल गर्दा भवन निर्माण कार्य प्रारम्भ भएको जानकारी  प्राप्त भएकाले  ५ लाख रकम  मिति २०७१/१ /२७ गते सनिवारका दिन यस समितिका अध्यक्ष  संकर राना र उपाध्यक्ष टामलाल अर्यालबाट  हस्तान्तरण गरिएको  हो र बाकी ५ लाख रकम भवन निर्माण कार्य सम्पन  भएपछि हस्तान्तरण गर्ने कुरा  यस समितिका सचिव  चन्द्र पराजुलीले जानकारी गराए l

प्रवास भूमिमा  संघर्ष गरी आर्जन गरेको  रकमको केही हिस्सा बृद्द बृद्दाको सहयोगका निम्ति प्रदान गर्नुपर्छ भन्ने सेवाभावबाट प्रेरित भई  यस कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने विभिन्न सघ सस्था र तिनका प्रतिनिधि तथा यहाँ विभिन्न क्षेत्रमा क्रियाशील नेपाली समुदायलाई यस पुण्य कार्यमा सहयोग गर्नु भएकोमा  गुल्मी सम्पर्क समितिले  हार्दिक धन्यवाद प्रकट गरेको छ l आगामि दिनहरूमा  निरन्तर यस्ता सेवा कार्यमा लागिरहने र आफ्नो क्षेत्रको सेवामा समर्पित रहने प्रतिबद्दतासमेत ब्यक्त गरेका छन् l 

0 comments

Write Down Your Responses

-->