सकारात्मक सोच तथा लगानीको बिषयमा डा. विकासानन्दसंगको अन्तर्वार्ता भिडियो-२ सार्वजनीक

रमेश खावाजु ,दक्षिण कोरिया -
"हाम्रो जिबन हाम्रो सोच " का निर्देशक राज संसार श्रेष्ठद्वारा सकारात्मक सोच तथा लगानीको  बिषयमा  डा. विकासानन्दसंगको  अन्तर्वार्ता भिडियो भाग २  नमस्ते नेपाल कोरिया डट कम मार्फत पहिलो पटक सार्बजनिक गरिएको छ l
दक्षिण कोरियामा प्रवेश गर्ने नेपालीहरुको संख्या बृदी संगै समस्याहरुहरु पनि दिनदिनै बढी रहेका छन् l मानसिक तनाबका कारणले  धेरै  नेपालीहरुले  आफु भित्रको बन्द कोठामा सहि विकल्पको अभावमा आत्महत्या गरिसकेका छन l  दक्षिण कोरियामा आकर्षक कमाइका बाबजुत पनि अधिकांश नेपालीहरु जटिल परिश्रमयुक्त काम तथा विभिन्न कारणहरुले खुसि रहन नसकेको देखिन्छ l खुसि रहन नसक्दा मानसिक तनाब बढ्छ l मानिसहरुको तनाब बढ्नु  वा खुसि रहन नसक्नु मुख्य कारण बाहिरी वस्तु वा शरीर हैन , हाम्रो सोचाइ हो । हरेक मानिसको सोचाइ नै  दुख र सुखको मुख्य कारण हो ।  हाम्रो सोचाइमा सुख माने सुखी तथा दुख माने दुखी भइन्छ । सकारात्मक सोच छ भने हामीले असहज अवस्थालाइ पनि अवसरका रुपमा बदल्न सक्छ । नकारात्मक सोचको व्यक्तिले त्यसैलाइ स्ट्रेस र डिप्रेसनमा बदलेर जीवन बर्वाद पार्न पनि सक्छ । असफल हुँदैमा निरस हुनु हुन्न किनकी हरेक  असफलताको अर्को पाटो सफलता पनि हो । अघिल्लो पाटोमा जब कोही छ भने त्यसकै पछाडिपट्टी पुग्न कति नै बेर लाग्छ र भन्ने सोचाइ नै सकारात्मक सोच हो ।
Bikasha Nanda Video -2
 ३ बर्ष ८ अघि इपिएस मार्फत दक्षिण कोरियामा प्रवेश गरेका स्याङजा पुतलीबजार निवासी  राज संसार श्रेष्ठले सकारात्मक सोचयुक्त  दुई बर्ष देखि   "हाम्रो जिबन हाम्रो सोच" अनलाइन  भिडियो कायक्रमको निर्देशन आएका छन्   l दक्षिण कोरियामा धेरै नेपालीहरु मानसिक तनाबको ब्यबस्थापनको अभावले  आत्महत्या गरिसकेको र यस्तो  विकराल समस्यालाइ केहिहदसम्म भिडियो मार्फत सुल्झाउन सकिन्छ कि भनेर सकारात्मक भिडियो कार्यक्रमको  निर्देशन गरेको राज संसार श्रेष्ठले बताए l   हाल दक्षिण कोरियाको १४ ,१५ घन्टा लामो कडा कामका बाबजुत पनि सकारात्मक सोचका साथ् फुर्सदको समयलाइ सदुपयोग गरि कोठामा बसेर अनलाइन मार्फत Internal Human Mind Software Engineering ( IHMSE) System स्वअध्ययन गरिरहेको राजसंसार श्रेष्ठले पुन बताए l
निर्देशक श्रेष्ठले  सकारात्मक सोच तथा लगानीको  बिषयमा केन्द्रित रहेर तयार पारिएको  बिषयमा डा. विकासानन्दसंग लिइएको भिडियो भाग २  नमस्ते नेपाल कोरिया डट कम मार्फत पहिलो पटक सार्बजनिक गरिएको छ l यस अघि मानसिक तनाब घटाउने बिषयमा  डा. विकासानन्दसंग लिइएको भिडियो भाग १ नमस्ते नेपाल डट कम मार्फत सार्वजनिक गरेको थियो l

 डा.विकासानन्दसंग लिएको भिडियो-२ 
Bikasha Nanda Video- 2








0 comments

Write Down Your Responses

-->