कोरियामा जहाज डुब्दा १४ जनाको मृत्यु भएको पुष्टि , खोजी कार्यजारी

ऐश्वर्य श्रेष्ठ,दक्षिण कोरिया—४ बैशाख ।
दक्षिण कोरियामा झन्डै ४ सय ७५ जना  यात्रु सवार डुंगा पल्टिएर  वेपता रहेका करीव २ सय ८२जना मानिसहरुको खोजीकार्य आज पनि जारि रहेको छ ।खोजीकार्यमा मौसमबाधक भएका् समेत बताइएको छ ।४ सय ७५ जनामा १४ जनाको मृत्यु भएको पुष्टि भएको छ । २ सय ८२ जनाको अवस्था अझैं अज्ञात रहेको छ भने १ सय ७९ जनाको उद्धार गरेको कोरियन टि भि एस बि एसले जनाएको छ ।
 आपतकालीन उद्धारकर्ताहरुले समुद्रको कम गहिरो क्षेत्रमा आफ्नो खोजी कार्यलाई केन्द्रित गरेका छन्। उद्धारकर्ताहरुले हराइरहेका मानिसहरु जिवितै भेट्टाउने सम्भावना एकदमै न्युन बन्दै गएको बताएका छन् । उनिहरुका  अनुसार पानीभित्रको धमिलो अवस्थाले पनि उद्धारकार्यलाई अप्ठेरो पारेको बताइएको छ । दक्षिण कोरियाली प्रधानमन्त्रीले उद्धार कार्यमा खटिरहन र वेपताहरुलाई बचाउँन कुनै कसर बाँकी नराख्न अधिकारीहरुलाई आग्रह गरेका छन् । सो  डुंगामा २ फिलिपिनी नागरिक, १ रसियन समेत रहेको बताइएको छ ।

,

0 comments

Write Down Your Responses

-->