काठमाण्डौं–हेटौडा सुरुङमार्गमा लगानी सम्बन्धि सेमिनार किम्हे, बुसानमा हुने

नमस्ते नेपाल कोरिया संवाददाता -
काठमाण्डौं–हेटौडा सुरुङमार्गको संस्थापक शेयर लिने सम्बन्धि सेमिनार आउने सप्ताहअन्तमा किम्हेमा तय भएको कुरा कोरियामा शेयर वितरणको जिम्मेवारी पाएको सस्था लिंक एशिया कं.लि. का प्रबन्ध निर्देशक आरपि देवकोटाले जानकारी दिनुभएको छ|

मकवानपुर कोरिया मंच, दक्षिण कोरियाको संयोजन तथा बेवस्थापनमा किम्हे माइग्रेन्ट सेन्टरमा लगानी सम्बन्धि सेमिनार हुन गैरहेको हुदा त्यस क्षेत्रमा बस्नुहुने सम्पूर्ण नेपालीहरुलाई यो कार्यक्रममा सहभागी भएर लगानीको अवसरको बारेमा बुझ्न र लगानी गर्न अनुरोध गरिन्छ|

किम्हे, बुसान
किम्हे माइग्रेन्ट सेन्टर
२० अप्रिल (आइतबार)
समय: अपरान्ह ४.०० बजे
सम्पर्क: श्री रमेश उप्रेती (०१० २५०७ ३२०७)

सेमिनारपश्चात् लगानी गर्न चाहाने व्यक्तिहरुले संस्थापक शेयरधनी फारम पनि भर्न सक्नेछन। शेयर लगानी आवेदन दिंदा कम्तिमा रु.१ लाख बराबरको १ हजार कित्ता (१ कित्ता बराबर  रु.१०० ) वा बढीमा आफ्नो इच्छाअनुसार दरखास्त दिन सकिनेछ । नेपालको आर्थिक विकासका लागि कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको सुरुङमार्ग निर्माण कार्यमा लगानी गर्न विदेशमा रहेका नेपालीहरुले उल्लेखनिय सहभागिता जनाइरहेका छन्।

आवश्यक कागजातहरु
१. नागरिकताको फोटो कपि १ प्रति
२. पासपोर्टको फोटोकपि १ प्रति
३. पासपोर्ट साइजको फोटो १ प्रति
४. नेपाल पुर्बाधार विकास कं. लि.को खातामा लगानी रकम जम्मा गरेको भौचरको प्रतिलिपि (फ्याक्स अथवा स्क्यान गरि इमेल मार्फत प्राप्त कपी)|

थप जानकारीका लागिः
लिंक एसिया कं लि.,
सुवन स्टेशन
प्रवन्ध निर्देशक–आरपि देवकोटा
शेयर दरखास्त दिने अन्ति मितिः अप्रिल ३०, २०१४
सम्पर्क नम्बरः ०१०–५८७७–५५१२ (मोबाइल)
फोन नं।०३१–२४१–०९२०, ०७०–८८१८–१४१४

0 comments

Write Down Your Responses

-->