दक्षिण कोरियामा भएको पानी जहाज दुर्घटनामा कप्तान पक्राउ,मर्नेको संख्या २९
ऐश्वर्य श्रेष्ठ, दक्षिण कोरिया-
बैशाख ०६।
दक्षिण कोरियामा पछिल्लो समय भएको पानी जहाज दुर्घटनामा जहाजका कप्तान ली जून–सिओकसंलाई पक्राउ गरिएको छ ।योनहाप न्यूज एजेन्सीको खबर अनुसार कप्तान ली जून–सिओकले काममा लापरबाही र समुद्री कानुन उल्लंघनको आरोपमा पक्राउ गरिएको हो ।एक स्थानीय अदालतले कप्तान र उनको दुई साथी विरुद्ध पक्राउको वारेन्ट जारी गरेको थियो ।
अहिलेसम्म मर्ने मानिसको संख्या २९ जना पुगेको पुष्टि भएको छ।जसमा २ सय ७३ मानिस अझै पनि हराई रहेको र १ सय ७४जनालाई बचाईएको एस. बि. एस. टिभिले उल्लेख गरेको छ । प्तान लीले एक स्थानीय टेलिभिजन मार्फत माफी समेत मागेको बताइएको छ। यसैगरी सेवल जहाजमा ४ सय ७६ जना मानिस रहेको पछिल्लो समयमा उल्लेख गरिएको छ यसअघि ४सय ७५ जना रहेको सञ्चारमाध्यमहरुले जनाएका थिए । सो जहाज दुर्घटना भएको चौंथो दिन शनिबार पनि हराइरहेका खोजीकार्य जारी राखेको एस. बि. एस. टिभिले बताएको छ ।

0 comments
Write Down Your Responses