सुपरहिट कबड्डी ३ अक्टोबर २० सुवनमा भिडियो सहित

ओमलाल ओली
कोरियाको राजधानी सउलमा हाउसफुलका साथ दुई शो सम्पन्न गर्न सफल सुपरहिट चलचित्र कबड्डी ३ पुनः कोरियाको एक मुख्य सहर सुवनमा अक्टोबर २० तारिख प्रदर्शन हुने भएको छ ।
उक्त चलचित्र राजनीतिक, धर्म जात वा वर्ग बाट अलग संस्था हामी नेपाली ग्लाेबल दक्षिण कोरियाद्वारा आपतकालीन अक्षकोष सहयोगार्थका लागि प्रदर्शन गर्न गइरहेको आयोजकले बताएको छ ।साथै केहि दिन अघि फेन्थेक सहरमा चलाउने भनि फेसबुक मार्फत सुचना गरेको आयोजकले त्यस सहरमा बुकिङ गरेको हल स्वाइन फुलु नामक रोगका कारण सहर समितिले रद्द गर्दिएको हुदा स्थान परिवर्तन गर्न वाध्य भएको अायाेजकले बताएकाे छ । उक्त सुचनाले पर्न गएको असर प्रति आयोजक कमिटीले क्षमा प्रार्थी भएको समेत जानकारी दिएको छ । २० तारिखमा सुवनमा सहभागी भै मनाेरञ्जन लिन सबैलाई आयाेजकले अनुरोध गरेको छ ।
कबड्डी ३’मा दयाहाङ राई, उपासना सिंह ठकुरी, रिश्मा गुरुङ, कर्मा, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लूनिभा तुलाधर, कमलमणि नेपाललगायतका कलाकारको अभिनय छ। बहु चर्चित नेपाली चलचित्र "कबड्डि, कबड्डि, कबड्डि सुवनमा पनि भव्य प्रर्दशन हुने कुरा सबैमा सहर्ष जानकारी गर्दै आदरणिय नेपाली दाजुभाई तथा दिदिबहिनीहरूलाई सहभागीताकाे लागि आयोजकले अनुरोध पनि गरेको छ ।

भिडियो :


, , ,

0 comments

Write Down Your Responses

-->