कास्की परिवार कोरिया द्वारा भ्रमण तथा बनभोज कार्यक्रम हुदै

कृष्ण पुरी :२ मे २०१९ कोरिया l
कास्की परिवार दक्षिण कोरियाले कोरियामा रहेका कास्की बासीहरु बिचमा आपसी एकता , मित्रता ,भेटघाट तथा सद्भाव बढाउने उदेश्यले मे महिनाको अन्तिम हप्ता पारेर भ्रमण तथा बनभोज कार्यक्रम आयोजना गर्ने तय गरेको छ l गत हप्ता दोंदेमुन सउलमा बसेको समिति वैठकले उक्त निर्णय गर्दै सम्पूर्ण कास्कीबासीहरु तथा शुभचिन्तकहरुमा अग्रिम जानकारीको निम्ति निम्न सुचना जारी गरिएको कास्की परिवारका अध्यक्ष सुरज गुरुङले बताउनुभएको छ l

हार्दिक सूचना ! हार्दिक अपिल !! हार्दिक निमान्त्रण!!! कास्की परिवार दक्षिण कोरिया द्वारा आयोजित "बृहत भेटघाट भ्रमण तथा रमाइलो बनभोज कार्यक्रम २०१९" मा सहभागि बनौ !प्रबासी जीवन सगै रमेर बिताऔ ! कास्की जिल्लामा आई विभिन्न उदेश्यले बसोबास गरिरहनुभएका हाल कोरियामा रहनुहुने आदरणीय सम्पुर्ण कास्की बासीहरुमा एक आपसमा बृहत रूपमा न्यानो भेटघाट परिचय सहित दुख -सुखमा सगठित भै आपसी मित्रता,सद्भाव, आत्मीयता र सामीप्यता बढाउने अभिप्रायले प्रबासी भुमिमा रहेता पनि संगठित सद्भावना र सुमधुर एकता जगाउदै निम्न मिति स्थान र समयमा उक्त कार्यक्रम आयोजना गरिएको हुँदा सम्पुर्ण आदरणीय कास्की बासी दाजुभाइ तथा दिदिबहिनीहरु साथै शुभ चिन्तकहरुमा गरिमामय उपस्थितिको लागि हार्दिक अपिल सहित हार्दिक निमन्त्रणा गर्दछौं !

कार्यक्रम : "बृहत भेटघाट, भ्रमण तथा रमाइलो बनभोज कार्यक्रम २०१९"मिति : मे २५ तारिख शनिबार र २६ तारिख आइतबार स्थान : नामिसम भ्याली (नोट : जान आउन २ वटा बसको सुविधा सगै खाजा खाना र बास बस्नको सुविधा हुनेछ । थप बिस्तृत सूचना विवरण पुन प्रकाशन गर्नेछौ !धन्यवाद । )- आयोजक : कास्की परिवार दक्षिण कोरिया ।

,

0 comments

Write Down Your Responses

-->