कोरियामा "रबि लामिछाने अन्तर्किर्या" कार्यक्रमको हेर्नैपर्ने आकर्षक भिडियो

लोकप्रिय पत्रकार रबि लामिछानेको उपस्थित रहेको बिशेष अन्तरकृया कार्यक्रम भब्यताका साथ सम्पन्न सहित हेर्नैपर्ने आकर्षण पुरा भिडियो 




 पुरा भिडियो


बिमल दोंग तामांग , सोल 
सेप्टेम्बर २७ कोरिया  
सिधा कुरा जनतासँग कार्यक्रमको प्रस्तोता तथा चर्चित लोकप्रिय पत्रकार रबि लामिछानेको उपस्थितिमा कोरियाको विभिन्न शहरहरुमा आयोजित बिशेष “Meet & Greet Rabi Lamichhane” बृहत् अन्तर्कृया कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको छ । सेप्टेम्बर २४ तारिखमा जापान हुँदै कोरिया आइपुगेका रबि लामिछाने संगै सिधा कुरा जनतासँगको प्रोड्युसर तथा पत्रकार दिपक बोहरा र इजि लिंकका सिइओ डि.पि. अर्याल पनि आएका थिए । कोरियाको कार्यक्रम सभ्य र भब्य रुपमा सफल भएपछी तिनै जना २८ तारीखमा हङकङ तर्फ अर्को कार्यक्रमको लागि प्रस्थान गरेका छन् ।
कोरिया आइपुगेको पहिलो दिन २४ तारिखमा काभ्रे र धादिङ जिल्लाको विकट गाउँमा एम्बुलेन्स संचालन गर्ने मुख्य उद्देश्यका साथ आयोजना गरिएको “रिदम लाईभ कन्सर्ट तथा साँस्कृतिक धमाका”मा सहभागी भएका थिए भने सेप्टेम्बर २५ तारिखमा स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियान तथा रबि लामिछाने सपोर्ट(समर्थक) ग्रुपद्वारा आयोजित प्रेरणादायी तथा बृहत अन्तरक्रिया कार्यक्रममा सहभागी भएका थिए । सउल स्थित दोङ्देमुन सिटिजन हलमा भएको उक्त कार्यक्रमको सभापतित्व संयोजक यम श्रेष्ठले गरेका थिए भने प्रमुख अतिथि पत्रकार रबि लामिछाने र अतिथिहरुमा श्रम सहचारी डिल्लीराम बास्टाेला , पत्रकार दिपक बोहोरा, हानपास डाइरेक्टर एलेक्स किम लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु महानुभावहरुको उपस्थिति रहेका थियो।  कृष्ण पुरी   द्वारा संचालन गरिएको उक्त बृहत् अन्तर्किर्या कार्यक्रममा कोरियामा रहेका नेपालीहरुको उल्लासमय उपस्थिति रहेको थियो।
त्यस्तै लामिछाने २६ तारिखका दिन किम्हे माइग्रेन्ट हाउस तथा राष्ट्रप्रेमी रबि लामिछाने सपोर्ट ग्रुप द्वारा आयोजित मोटिभेस्नल तथा बृहत अन्तरक्रिया कार्यक्रममा सहभागी भएका थिए । किम्हे बुसानको किम्हे माइग्रेट हाउसमा भएको उक्त कार्यक्रममा भने सभापतित्व कार्यक्रम संयोजक भुवन बस्नेतले गरेका थिए । रबि लामिछानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा समाजसेवी यज्ञ राज सुवेदी, दिपक बोहरा, डि.पि. अर्याल अतिथिको रुपमा उपस्थित रहेका थिए भने बिशेष अतिथीको रुपमा कोरियाको छुङ्सन नाम्दो प्रान्तको कान्छो सांसद सिन सङ हुन र माइग्रेन्ट्स अरिराङ मल्टिकल्चरल फेस्टिवल(MAMF)का डाइरेक्टर लि छाउल सुङको समेत उपस्थिति रहेको थियो । किम्हेको कार्यक्रम भने प्रशान्त बानियाँ र सन्जिब राईले संचालन गरेका थिए ।
तीन वटै कार्यक्रममा कोरियाबासी नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो । यसरी राष्ट्र र राष्ट्रियता अनि सामाजिक काममा परदेशमा बसेर पनि युवाहरुले देखाएको उल्लास पुर्ण सहभागी देखेर पत्रकार रबि लामिछानेले खुसी व्यक्त गरेका थिए । साथै आफुले सोचेको भन्दा धेरै मान सम्मान, साथ र समर्थन पाएको भन्दै रबिले भनेका छन “मैले पाएको यो माया र सम्मानलाई म आत्मसात गर्दै अझ धेरै राम्रो गर्ने कोसिस गर्ने छु । तपाईंहरुको यो बिश्वासलाईकहिँ कतै पनि डगमगाउन दिने छैन ।”
काेरिया भएकै समयमा जनताकाे चासाे र गुनासाे सहितकाे चर्चित कार्यक्रम सिधा कुरा जनतासँगकाे २ एपिसाेड समेत यहीँबाट नै प्रत्यक्ष प्रसारण गरेका छन् । प्रत्यक्ष प्रसारित कार्यक्रम तथा अन्तर्क्रिया कार्यक्रमकाे क्रममा उठेका विभिन्न समस्याहरूकाे बारेमा प्रत्यक्ष समाधानकाे प्रयास समेत गरेका थिए । केहि समस्यहरूलार्इ भने फलाे-अपमा राखेकाे जनाइएकाे छ । कार्यक्रम हलमा नै उठेका कतिपय सवालहरुमा सम्बन्धित निकाय र सरोकारवाला ब्यक्तिहरुसंग फोन गरेर सिधै प्रश्न र जानकारी समेत गरिएको थियो ।
केहिले सबैको प्रतिनिधित्व जनाउने खालको र केहिले आफ्नो ब्यक्तिगत समस्या, चासो र गुनासोहरु समाधानको लागि पहल टिपोट गरेर जानकारी गराएका थिए भने कतिपयले स्टेजमा गएर आफ्नो कुरा राखेका थिए । नेपालीले नेपालीलाई नै ठगी गरेको, फसाएको, संस्थागत आर्थिक हिनामिना गरेको तथा हराएको मानिस खोजी गरिदिन, प्रवाशको जेलबाट उद्दार गरिदिन, दूतावास प्रति ध्यानाकर्षण, मानसिक तनाबमा परेको,नेपाल सरकार प्रती गुनासो, कोरियामा रहेका कामदारहरुको समस्या, दु:ख गरेर कमाएको पैसा लगानी गरेको कम्पनिले राम्रो संग काम नगरेको आदि धेरै समस्याका बिषयहरु उठान भएका थिए ।
यसरी नेपालबाट काेरिया अाएर अाफ्नाे अमूल्य समय दिएर यहाँ रहेका नेपालीहरूलार्इ एउटा उर्जा र हौसला दिनु भएकोमा राष्ट्रप्रेमी पत्रकार रबि लामिछानेको टिम लगायत सबैलाई कार्यक्रम संयोजक तथा सामाजिक अभियन्ता यम श्रेष्ठले आभार प्रकट गरेका छन । “अत्यन्तै ब्यस्तताका बाबजुद पनि आफ्ना कोरियाबासी नेपाली तथा शुभचिन्तकहरुसँग केही आफ्ना कुरा राख्न र केही अरुको कुरा सुन्न, भेटघाट तथा अन्तरक्रियाको निम्ति बिशेष समय निकालेर पाल्नु हुने लोकप्रिय राष्ट्रप्रेमी पत्रकार रबि लामिछाने, दिपक बोहरा तथा यस विशेष कार्यक्रमलाई समन्वय र प्रायोजन गर्नु हुने विशेष ब्यक्तित्व इजि लिंकका सि.इ.ओ.डि.पि. अर्याल हरुमा हृदय देखिनै धन्यवाद ब्यक्त गर्दछु।” अभियन्ता श्रेष्ठले भनेका छन् ।
साथै कोरियामा रबि लामिछानेसँग भएका विभिन्न कार्यकमहरु रिदम लाइभ कन्सर्ट & साँस्कृतिक धमाका, सउलमा र किम्हेमा भएका “Meet & Greet Rabi Lamichhane” तथा बृहत् अन्तर्कृया कार्यक्रम लगायत सबै कार्यक्रममलाई भब्य र सभ्य रूपमा सफलताका साथ सम्पन्न गर्न प्रत्यक्ष/अप्रत्यक्ष आर्थिक, भौतिक, नैतिक रुपमा साथ र सहयोग दिनु हुने, राय सल्लाह सुझाव प्रदान गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै अभियन्ता तथा संयोजक श्रेष्ठले भनेको छन “कार्यक्रम ब्यबस्थापनमा स्वयंसेवकको भुमिका निर्वाह गर्नु हुने स्वयंसेवक मित्रहरु, प्रचारप्रसार तथा मिडियामा प्रकाशन गर्नु हुने पत्रकार मित्रहरू, आयोजक सहकर्मीहरु, बिज्ञापन/प्रायोजन सहयोगदाताहरु तथा उपस्थिति जनाउनुहुने महानुभावहरुमा आभार सहित आगामी दिनमा पनि यसरी सबैको साथको आशा राख्दछु ।”
कोरियामा भैरहेको अन्य कार्यक्रमहरु भन्दा पृथक रहेको यस कार्यक्रमले कोरियाबासी नेपाली समुदायमा राष्ट्रियता प्रती एक्यवद्धता जनाउने अवसर र सकारात्मक संदेश प्रवाह गर्न सफल रहेको महसुस गरेको उपस्थित धेरैले बताएका थिए । सबै दर्शकहरु रबि लामिछानेको उपस्थितिले र उहाँले व्यक्त गर्नु भएको उर्जामुलक प्रेरणादायी कुरा र योजनाले खुशी र हर्षित देखिन्थे ।सारा नेपालीका ढुकढुकि अनि आफ्ना मनमा बसेका बिशेष ब्यक्तिसंग सेल्फी र फोटाे खिच्न सबै आतुर देखिएका थिए ।





,

0 comments

Write Down Your Responses

-->