एनसिसिलाई ऐतिहासिक भुमिका निर्बाह गर्ने सस्थाको रुपमा बिकास गर्नु आबस्यक छ

शंकर बस्नेत
हरेक बर्ष कामदार भित्रिने क्रम संगै दक्षिण कोरियामा प्रबासी नेपालिहरुको सन्ख्या ३५ हजार नाघी सकेको छ । संंख्या बृद्दी संगै यहाको नेपाली( सामाजिक अबस्थामा पनि परिबर्तन भैरहेको छ ।

खासगरि कामदार , बिध्यार्थी , ब्यबसायी र बैबाहिक गरि जम्मा ४ किसिमका भिसामा बस्ने नेपालीहरु यहाँ छन । ृउनीहरु एक आपसमा मिलेर बसेका छन र बेग्ला बेग्लै पीडा र बाध्यताहरु पनि प्रसस्त छन । यिनीहरुका आ आफ्नै समस्यालाइ सम्बोधन गर्न बिभिन्न किसिमका सामाजिक संघ सस्थाहरु क्रियासिल छन ।

सयौं सस्थाहरुका गतिबिधीको रमिता हेर्दा हेर्दै हाम्रा दिन ,हप्ता र बर्षहरु बित्ने गर्छ्न । कहिले काहीँ त कस्ले केका निम्ति ? के ,के गरिरहेको छ ? भन्ने कुरा थाहा पाउन नसकेर रनभुल्ल परिने अबस्था सम्म सिर्जना हुन्छ । सयौं सस्था भए पनि आफुलाइ दुख पर्दा कहाँ जाने भनेर मानिसको मनमा उठेको प्रश्नले सिधा उत्तर पाउन अझै सकेको छैन ।

बास्तबमा सन १९९३ सालमा नेपाली सम्पर्क समितिको स्थापना हुनु एक ऐतिहासिक उपलब्धी मान्नु पर्छ । कोरियनहरुले प्रबासी मजदुरको भाषा नबुझ्नु र अधिकाङस कम्पनिमा जोखिमपुर्ण काम हुनु , नेपाली दुताबास कोरियामा नहुनु र नेपाली नेपालीलाई एक आपसमा सुख दुखको साटा साट गर्ने कुनै पनि मन्च नभएको अबस्थामा एन सिसिको जन्म भएको सबैमा बिदितै छ ।

जुन बेला नेपाली ५०० पनि कामदार कोरियामा थिएनन तर् समस्या भने बिकराल थिए । पासपोर्ट बनाउने सिफारिस जापान पठाउने , अङ्ग भङ्ग हुनेलाइ कानुनी वा स्वास्थ्य उपचार गर्ने , मृत्यु हनेहरुको शव नेपाल पठाउने र अनाहकमा जेल नेल भोग्नेहरुलाइ यथोचित न्याय दिलाउने जस्ता महत्वपुर्ण जिम्मेवारि निर्बाह गरेर नेपालीहरुको अबिभाबक सस्थाको रुपमा एन सिसि चर्चित बन्यो र सबैको प्यारो बन्यो ।

फलस्वरुप लुम्बिनी र मुनड्रप्स हुँदै इपिएस सम्म आइपुग्दा आज पनि एन सिसि प्रती सबैको उत्तिकै सदभाब र बिस्वास रहेको पाइन्छ । तथापी यो सस्थामा असल र सहि नेतृत्वको अभाबका कारण क्रमश प्रबासी नेपालीहरुमा केही निराशा छाउनु र भ्रम उत्पन्न हुनु स्वभाबिक छ ।

कोरियामा नेपालि दुताबासको स्थापना र कोरियन सरकारले इपिएस प्राणाली सुरु गरे पछि एन सिसि जस्तो गरिमामय सस्थालाइ अब फेरि कसरी नया ढङ्ग बाट उचाइ दिने र जिबन्त बनाउने भन्ने बारेमा हाम्रा सामाजिक अगुवा सस्था वा ब्यक्तीहरु र राजनैतिक सङगठनको समेत ध्यान नजानु दुखको कुरा हो ।

कतिपय अबस्थामा एनसिसिलाइ अबिभाबक सस्था र सबैको छाता सस्था भन्ने गरिए पनि ब्यबहारमा भने पछिल्ला दिनहरुमा नितान्त स्वार्थ समूहका कारण र राजनितिक दाउपेचका कारण यो सस्था कुहिरोमा हराएको काग जस्तै भएको छ । यदा कदा प्रस्न पनि उठ्छ कतै यो सस्था त्यतिकै बिलाएर जाने त हैन ? तर पनि एउटा कुरा के सत्य हो भने एक अबिभाबक सस्था ( छाता सस्था ) को भने हामिलाइ सधै आबस्यकता छ र सधै हुनुपर्दछ ।

कतिपय अबस्थामा गलत निर्णयहरु हुदा सामाजिक असन्तुष्टी भएका होलान । त्यो त केबल तत्कालिन नेतृत्वको दोष हो । सस्थालार्इ अचानोमा राखेर दोषको भागी बनाउने गल्ती गर्नु हुदैन । सबै सामाजिक सस्थाको पहल र सहभागितामा एनसिसिलाई ब्यबस्थापन गर्नु नै आजको आबस्यकता हो ।

त्यस्को लागि मुल नेतृत्व कस्तो बनाउने ? बैधानिक वा अबैधानिक कस्तालाई प्राथमिकता दिने ? नैतिक चरित्र भएको वा नैतिक चरित्र गुमाएकोलाई स्थान दिने ? कस्तो निर्बाचन प्रकृया अपनाउने ? महिला, पत्रकार र जनजाती क्षेत्रको प्रतिनिधिलाई कसरी अनिबार्य गराउने ? एन सिसिका कार्यक्षेत्र के के हुने ? नेपाली दूतावासलाई समेत मुख्य सल्लाहकार वा संरक्षक को रुपमा तथा उच्च नैतिक र बौद्दिक ब्यक्तीहरुलाइ मात्र सल्लाहकार स्विकार गर्नु पर्ने वा नपर्ने ?

यी गहन बिषयमा गहन छलफल हुनु जरुरी छ ।भाबी सामाजिक बिकासका योजना सहित मजदुर हकहित र नेपालको समृद्दीमा समेत भुमिका निर्बाह गर्न सक्ने सस्थाको रुपमा एनसिसि अब अगाडि आउनु पर्छ । मुलत यस्को नेतृत्वको सवालमा केही गम्भीर भएर सोच्नु पर्दछ ।

कोरियामा इपिएस भिसामा अधिकाङ्स नेपालीहरु भएको हुदा एन.सि.सि लगायत हरेक सस्थामा इपिएस भिसाका साथीहरु मात्र नेतृत्वमा आउनु पर्दछ । नेतृत्वमा आउनलाई कानुनी बसोबास र भिसा अबधीको स्पस्टताका कारण पनि इपिएस भिसा भएकाहरुको पहिलो अधिकार हो ।

सस्था दिगो बनाउने र समुन्नतिको बाटोमा जाने हो भने मजदुर मैत्री नेतृत्व हुनु अनिबार्य छ ।यस बिसयमा सबै संघ सस्था र सामाजिक अगुवाहरुले बिना पुर्बाग्रह सोचिदिनु पर्दछ । यो सामाजिक दायित्व बुझेर एक आपसमा हातेमालो गर्दै अगाडि बढ्नको लागि सबैमा पहल आबस्यक छ ।
(लेखक शंकर बस्नेत एनसिसि कोरियाका पुर्ब का.वा.अध्यक्ष हुनुहुन्छ  )

0 comments

Write Down Your Responses

-->