कोरियामा कार्यरत संगीतकार डि.आर. “अटु”को राष्ट्रिय गित '',हाम्रो देश'' भाइरल बन्दै

रमेश खावाजु ,७  फेब्रुअरी
 दक्षिण कोरियामा कार्यरत बहुप्रतिभाशाली  संगीतकार डि.आर. “अटु”को राष्ट्रिय भावनाले ओतप्रोत गीतको भिडियो सार्वजनिक भएको छ ।

लामो समयदेखि कोरियामा रहेर पनि नेपाली गीतसंगीतमा क्रियाशिल संगीतकार डि.आर. को   'हाम्रो देश हामीलाई प्राणभन्दा प्यारो छ’ बोल को स्वदेशगान  हालै  फेब्रुअरी  ३ तारिकमा यु ट्युब मार्फत
सार्वजनिक भएको भएको छ l  सार्वजनिक भएको ४ दिनमै यु ट्युबमा  करिब त्रिचालीस हजारले भिडियो हेरिसकेका छन् l

छोरम्बु -४ खोटांग निवासि“अटु”को आँफ्नै शब्द र संगीतमा रहेको यस गीतमा एक दर्जन गायकरगायिकाहरु स् मेलिना राई, सिडि विजय अधिकारी,जगदिश समाल, अभय ढुङ्गेल, मनिषा राई,साक्थिम युङ्या,डि आर अटु स्वयं०,गंगाराज राई, सुस्मा राई, र अन्जना गुरुङको स्वर भाराएर गीत बजारमा ल्याएका हुन् ।


यो गीतको भिडियो संशान कंडेलले निर्देशन गरेका छ्न् भने छायाँकन अर्जुन तिवारी र उत्सव दाहालले गरेका छ्न्। राज न्यौपाने, एलेक्स पुडासैनी, बिक्रम कंडेल र सबिना गिरि लागायतका कलाकारहरुको अभिनय रहेको यो गीतलाई निशान घिमिरेले सम्पादन गरेका छन्। गीतलाई सिडिएम म्युजिक क्रीयशनले बजार ब्यबस्थापन गरेको छ।

भिडियो 


,

0 comments

Write Down Your Responses

-->