कोरियामा पूर्व मन्त्रि ढकाल आईएपीपी एसियाको अध्यक्षमा निर्वाचित

नमस्ते नेपाल कोरिया, संवाददाता
  व्यबस्थापिका संसदका सांसद तथा पूर्व मन्त्रि एकनाथ ढकाल विश्व भरिका सांसदहरुको साझा संगठन  " इन्टरनेशनल एशोसियसन अफ पार्लियामेन्टरियनफर पिस" (आईएपीपी) को एसिया अध्यक्षमा निर्बाचित हुनु भयको छ ।

 दक्षिण कोरियाको राजधानी सिउलमा भयको विश्व भेलाले ढकाललाई एसियाको अध्यक्षमा चयन गरेको हो ।भेलामा विश्वका १२० राष्ट्र वाट करिब ६०० सांसद तथा नेताहरुको सहभागिता रहेको थियो।फेब्रुवरी १ देखि ५ सम्म सिउलको  चलेको शिखर सम्मेलनमा "शान्ति, सुरक्षा र मानब विकास" बिषयमा दर्जनौ बिज्ञ हरुले कार्यपत्र प्रस्तुत गरेका थिय । कोरियाको संसद भवन तथा लोटीहोटेलमा आयोजित कार्यक्रमलाई  कोरियाका सभामुख चुङ्ग स्येक्यून, कोस्टारिका सभामुखजोसे अल्बेर्टो अल्फारो, इजरायलका उपसभामुख हिलिक बार, बोस्निया हर्जेगोविनाका उप-राष्ट्रपति मिलन दुनोविक, अमेरिकी सांसद माट सालमोन, परगॊइका पूर्व राष्ट्रपति फेडेरिकोफ्रान्को गोमेज़, नेपालका पूर्व राष्ट्रपति परमानन्द झा, पाकिस्तानी सिनेटका उपाध्यक्ष मौलानाहैड़ेरि, जापानका पूर्व रक्षा मन्त्रि ओशिनोरि ओनो, मालवीका सभामुख रिचार्ड म्सोवोया, भारतका पूर्व मन्त्रि भुवनेश्वर कलिता लगायतले सम्बोधन गर्नु भयको थियो ।

सम्मेलनमा नेपाल, भारत, पाकिस्तान, चीन, जापान, कोरिया, फिलिपिन्स, अमेरिका, ब्राजिल, पेरु, रसिया, जर्मनी, टर्की,  अस्ट्रेलिया, न्युजिल्यान्ड, इजरायल, पालेसताइन, सिरिया, दक्षिण अफ्रिका, माली, केन्या, नाइजेरिया लगायतका १२० देशका जनप्रतिनिधि हरुको सहभागीता रहेको थियो। भेलाले अमेरिकी सांसद डन ब्रुटन र फिलिपिन्सका पूर्व सभामुख जोसे डेभेनेशिया लाइअन्तराष्ट्रिय सह- अध्यक्षमा निर्बाचित गरेको छ । आईएपीपी ले विश्वका सबै समस्या हरुकोसमाधान गर्न  शान्तिपूर्ण संवाद र मेलमिलापको माध्ययम वाट पहलकदमी लिने बतायाको छ। सांसद ढकालले आफ्नो नया जिम्बेवारी पुरा गर्ने क्रममा एशिया प्यासिफिक देशका सरकार, संसद, राजनैतिक दलहरु तथा सांसदहरु संग निरन्तर सम्पर्क र सम्बादमा रहेर यस क्षेत्रको शान्ति, सुरक्षा तथा मानब कल्याणको खातिर प्रयत्नशील रहने प्रतिक्रिया दिनु भयो ।

,

0 comments

Write Down Your Responses

-->