कोरियामा दाेङदेमुन ब्यवसायी संघकाे स्थापना, प्रथम अधिवेशन मार्च १९ मा हुने

नमस्ते नेपाल कोरिया -

दक्षिण काेरियामा नेपाली टाउन भनेर चिनिने दाेङदेमुन वरपर ब्यापार ब्यवसाय गरेर बसिरहेका नेपालीहरूकाे एक भेलाले दाेङदेमुन ब्यवसायी संघ नामाकरण गरी दाेङदेमुनमा माया मार्ट संचालन गरिरहनु भएका श्री भीम बहादुर गुरूङकाे संयाेजकत्वमा एउटा तदर्थ कमिटी निर्माण गरेकाे छ । अापसी मेलमिलाप, सद्भाव, एकता र सेवा भन्ने मुल नारा बनाइ यस संस्थालाइ बिधिवत रूपमा अाउंदाे मार्च १९ का दिन एेतिहासिक प्रथम अधिवेशन अायाेजना समेत गरिने भएकाे छ ।

यस संस्थाकाे उद्देश्य बारे प्रष्ट पार्दै संयाेजक भीम बहादुर गुरूङले नेपाली टाउन भनेर चिनिने दाेङदेमुनलाइ काेरियन माझ समेत चिनाउनुका साथै बिभिन्न उद्देश्य बाेकी राेजगारीका लागि दक्षिण काेरिया अाइ बेराेजगार भएर बस्नु परेका नेपालीहरूका लागि बासकाे बन्दाेवस्त मिलाउन नेपाली अावास गृहकाे समेत निर्माण गर्नु रहेकाे बताउनु भयाे । उनले हाल बासस्थानका लागि ठाउँकाे खाेजिरहेकाे बताउंदै उक्त नेपाली अावास गृहलाइ दाेङदेमुनका सम्पूर्ण ब्यवसायीहरू मिलेर सञ्चालन गर्ने बताउनु भयाे ।

संस्थालाइ कृयाशील बनाइ लैजाने र ब्यापार ब्यवसाय संगसंगै सामाजिक सेवा पनि गर्दै जाने संस्थाकाे उद्देश्य अनुरूप उक्त संस्थालाइ विधिवत रूप मैं बिस्तार गरी लैजाने भएकाे हुंदा मार्च १९ का दिन अायाेजना गरिने प्रथम अधिवेशनमा उपस्थित हुन सम्पूर्ण नेपाली संघसंस्थाहरूका प्रतिनिधीहरूलाइ अाव्हान गरिएकाे छ ।

,

0 comments

Write Down Your Responses

-->