नत्र म भुत बनेर मान्छे बर्षेनी खाईरहन्छु -" सडक बेदना "

    सुजन पौडेल 
"सडक बेदना "
हो मेरो छाती ३६ इंच,
मैलै हजारौ सवारी साधन बोझ थामीरहेछु |
मलाई पटक पटक वलत्कार गरे ,
मेरो कुमारीत्व देखाउदै ,
साँसद तिमीहरु तमसा मच्चाउछौ ,
मलाई देखाउदै अरबौ कमीशन खान्छौ

हो मलाई रातो रगत मन पर्दैन ,
मलाई धुलो मैलो भन्दा कालो रङ मन पर्छ
मेरो आसपासमा करौडौ पर्ने कंक्रीड हुदाँ ,
आक्रोशीत हुन्छु,
मलाई फुलै फुलले सजिएर वस्न मन पर्छ,
मलाई घृणा गर्छौ अनि शान्ति कहॉ पाउंछौ

हो मलाई शहरीया मान्छे मन पर्दैन ,
मेरो छातीमा पान ,मम पसल थाप्छन
बारम्बार थुक्छन अनि फोहोर फाल्छन
साच्चै अन्यायमा छु ,
मलाई खुल्ला,फराकीलो ब्यबस्थित वनाउॅ
नत्र भुत बनेर मान्छे बर्षेनी खाईरहन्छु l

हो मलाई गाउँ डाँडापाखा घुम्न मनपर्छ ,
प्राय गाउँका मान्छे शुशील,सत्जन, भद्र हुन्छन।
मलाई गाउँ जाने धोको ,
नालीमा जालीहरुको दादागिरी भइरहदॉ
शहरको गाउँमा पुग्दा सोझासाझाले वाजागाजामा भतेर हुन्छ।
मलाई कागज मात्र देखाएर राजनिती नगर भ्रष्ट हौ

हो मलाई कुलमान मन पर्छ,
मेरो शिरमा छठ दशै,तिहार झै वत्ति वलेका छन्
माथी राजनीति नगर ,
मलाई शान्ति क्षेत्र घोषणा गर ,
मेरो छाती माथी टेकेर नेताको भजन गाउन बन्द गर ,
नत्र भुत बनेर बर्षेनी मान्छे खाइरहन्छु
सबैलाई चेतना भया ।।।।

-लेखक -सुजन पौडेल (हाल- दक्षिण कोरीया )
प्रकाशित मिति :- फेब्रुअरी,२०१७


,

0 comments

Write Down Your Responses

-->