कोरियामा सुदुर पश्चिमाञ्चल समाजको ११ औं साधारण सभा सम्पन्न

नमस्ते नेपाल कोरिया सम्बाददाता-
कोरियालीहरुको नयाँ वर्ष अर्थात् महान चाड सलनालको अवसर पारेर सुदुर पश्चिमाञ्चल समाज दक्षिण कोरियाले गत जनवरी २८ तारिखका दिन ११ औं साधारण सभा सम्पन्न गरेको छ । औधोगिक रुपमा व्यस्त शहर आन्सानस्थित प्रवासी सेन्टरमा भएको उक्त साधारण सभाले नविन कार्कीको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कमलबहादुर शाही, उपाध्यक्षमा लालबहादुर साउद र बुसान शाखाबाट एकजना उपाध्यक्ष चयन गर्ने निर्णय गरेको छ । त्यसैगरी संस्थाको महासचिवमा सन्तोष सुवर्णकार, सचिवमा हर्क विष्ट, कोषाध्यक्षमा नवराज भट्ट र सदस्यहरुमा विनोद भट्ट, लोकराज पाण्डेय, बिसनदत्त बडु, मनोज भण्डारी, बिमल बिष्ट, धर्मप्रसाद बज्गाइ, रमेश सिंह र रामबहादुर शाही निर्विरोध चयन भएका छन् ।
निकै बाग्लो उपस्थितिका साथ सम्पन्न ११ औं साधारण सभामा आफ्नो व्यस्त समयका बावजूद पनि टाढाटाढाबाट आएर कार्यक्रमलाई सफल पारिदिनुहुने सबैलाई नवनिर्वाचित कार्यसमिति र आयोजकले धन्यवाद व्यक्त गरेको छ ।

0 comments

Write Down Your Responses

-->