कोरियाको रत्नपार्क

राम सुन्दर बस्नेत 
-गजल-


सबै किसिमको ब्यबसाय,ब्यापार छ तोङदेमुनमा।
भेटनु सांथिभाई सबैलाई , हतार छ तोङदेमुनमा।
सलनाल,छुसकमा नेपालि चाडबाडको झझल्को,
चारैतिर रमाईलो उत्साहको ,बहार छ तोङदेमुनमा।
भाषा सबैतिर नेपालि, छुट्याउँन पर्छ अप्ठयारो!
लाग्छ नेपालिको बस्ति ,हजार छ तोङदेमुनमा।
जो भेटेतापनि नेतागण ,कुनै राजनितिक दलको।।
प्रबासमै सानोतिनो नेपाल सरकार छ तोङदेमुनमा।।
सबैको हातमा टिकट,बहना सबैको फरक फरक
गरे सहयोग माग्ने संस्था ,तयार छ तोङदेमुनमा।।
भिडभाड छिचोल्दै घुम्याे,मंहँगिले रितिन्छ खल्ति,
फर्कपछि सम्झन्छु काममा,बेकार छ तोङदेमुनमा।।

-राम सुन्दर बस्नेत ,कोरिया 

,

0 comments

Write Down Your Responses

-->