कोरियामा प्रवासी नेपाली मन्च ( ONF ) को अन्तरक्रिया कार्यक्रम सम्पन्न

नमस्ते नेपाल कोरिया सम्वाददाता -
प्रवासी नेपाली मन्च  ( ONF ) दक्षिण कोरियाले गत सल्नालको अवसरमा जनवरी २९तारिख  आयोजना गरेको बृहत अन्तरक्रिया कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको थियो ।

” राष्ट्रिय एकता , समृद्धि र स्वाभिमान : सविधान कार्यान्वयन हाम्रो अभियान ” नामक बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्न  पुर्व सामान्य प्रशासन मन्त्री एवं नेकपा एमालेका पोलिट्ब्युरो सदस्य क. लाल बाबू पण्डित प्रमुख अतिथिको  रुपमा कोरिया आएका थिए | उक्त कार्यक्रमलाई सफल  बनाउन आ-आफ्नो तर्फबाट तन ,मन,वचन र धनले सहयोग गर्नुहुने केन्द्रीय कमिटिका सम्पूर्ण कमरेडहरु, केन्द्रीय सल्लाहकार कमरेडहरु ,क्षेत्रीय कमिटीका कमरेडहरु ,क्षेत्रीय सल्लाहकार कमरेडहरु, पार्टी सदस्य कमरेडहरु , onf सदस्य कमरेडहरु, शुभचिन्तक, ब्यापारी ,बुद्धिजीवी ,समाजसेबी , पत्रकार , बिद्यार्थि मजदुर  सम्पूर्णलाई आयोजकको तर्फबाट ओ एन एफ् कोरियाका कार्यबाहक अध्यक्ष मिना थापा मगरले  धन्यवाद प्रदान गरेका छन् |

    आगामि दिनहरुमा पनि आयोजना  हुने कार्यक्रममा कमरेडहरुको  उत्साहजनक सहभागिता रहनेछ र केन्द्रले दिएको  जिम्मेवारी  कमरेडहरुले पुरागर्नु हुनेछ भन्ने पुर्ण विस्वासका साथ पुन: सम्पुर्ण कमरेडहरुलाई का. बा अध्यक्ष मगरले  धन्यवाद प्रदान गरेका छन् ।

,

0 comments

Write Down Your Responses

-->