कोरियामा २६ फेब्रुअरीमा नेपाल मगर संघको आठौँ अधिबेशन हुने

नमस्ते नेपाल कोरिया संवाददाता 
नेपाल मगर संघ गणतन्त्र कोरियाको आठौँ अधिबेशन यहि फेब्रुअरी 26 तारिखको दिन झोगेसा बौद्ध गुम्बाको सभाहलमा हुने भएको छ ।

नेपाल मगर संघ 35 औँ स्थापना दिवस तथा मगर संघ कोरियालाइ मन, वचन र कर्मले सहयोग गर्नु हुने खेलाडी,कलाकार, समाजसेवी तथा बिशेष महानुभावहरुलाइ सम्मान कार्यक्रम पनि सोही दिन आयोजना गरिएको जानकारी संघका अध्यक्ष खड्ग थापा मगरले जानकारी दिनुभएको छ ।
सन 2003 देखि प्रवासी भुमी कोरियामा विभिन्न संघ संस्थासङ्ग हातेमालो गर्दै सामाजिक सेवाको काममा अग्र स्थानमा परिचित एस संस्थाले उक्त दिन डा. महाबिर पुनको राष्ट्रिय आबिस्कार केन्द्र स्थापनार्थ महाअभियानको लागि संकलन गरिएको रकम हस्तान्तरण गर्ने कार्यक्रम रहेको महासचिब सुब्बा रानामगरले जानकारी दिनु भएको छ ।
नेपालबाट बिभिन्न उद्धेश्यले कोरिया आइ विभिन्न पेशा तथा सेवामा आबद्ध सम्पुर्ण मगर दाजु भाइ तथा दिदीबहिनीहरुमा उक्त कार्यक्रममा उपस्थिति भइ जुझारु, सक्षम, सामाजीक सेवाको भावनाले भरिएको दुरदर्शी एबम् बिज्ञ ब्यक्तीलाइ नेतृत्व चयन गरिदिनु हुन संस्थाका संरक्षक अप्त पुन मगरले जानकारी दिनु भएको छ ।
कार्यक्रम हुने स्थान : झोगेशा बौद्ध गुम्बा (1 नम्बर ट्रेन लाइनको छोङ्गाक स्टेशन गेट नं 2 बाट सिधा अगाडि )
मिती 2017/02/26 आइतबार
समय : बिहान ठिक 11:00 बजे

0 comments

Write Down Your Responses

-->