आन्सानमा दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको अग्राधिकार शेयर आवेदन खुला गरिने

लिलु डुम्रे-
दक्षिण कोरिया दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको अग्राधिकार शेयर आवेदन आन्सानमा फेब्रुअरी १२ अर्थात आगामी आइतबार खुला गरिने भएको छ | दोर्दी १ जलविद्युत आयोजनाले लमजुंगमा निर्माण गर्ने १२ मेघावाट क्षमताको आयोजनाको लागि प्रमुख शहरहरुमा आवेदन खुला गरेको छ | आयोजनाका अनुसार आन्सान आसपासका क्षेत्रका लगानीकर्ताहरुले आइतबार न्यु हिमालय रेस्टुरेन्टमा आवेदन फर्म भर्न सक्नेछन | आवेदनका लागि नागरिकताको फोटोकपी र एक प्रति फोटो आवश्यक पर्ने आयोजनाले जनाएको छ |
कम्पनीका अनुसार आवेदकहरुले लगानी बापतको रकम फेब्रुअरी अन्तिम सम्ममा सानिमा बैंकको खातामा जम्मा गर्नुपर्नेछ | लगानी कर्ताले न्युनतम एक लाख रुपयाँको आवेदन दिनुपर्नेछ | रु १०० का दरमा किनिने अग्राधिकार शेयर २०७७ असार मसान्त भित्र स्वत साधारण शेयरमा परिवर्तन हुने कम्पनीले जनाएको छ | तीन बर्ष निर्माण अवधि रहेको आयोजनाको लागत दुइ अर्ब २९ करोड रहेको छ | दोर्दी खोला खोला जलविद्युत कम्पनी लिमिटेडले आयोजना निर्माण गर्न बिद्युत खरीद विक्री सम्झौता, बृस्तित डिजाइन , वाताबरणीय अध्ययन सकिसकेको छ | निर्माण सम्पन्न हुनु पुर्व ब्याजको रुपमा प्रतिवर्ष ७.५ प्रतिशत लगानीकर्ताहरुलाई कम्पनीले प्रतिफल प्रदान गर्नेछ | शेयर बजारबाट प्राप्त हुने प्रतिफल बाहेक लगानी कर्ताले बार्षिक १७ प्रतिशत लाभांश कम्पनीबाट प्राप्त गर्नेछन | आयोजना सम्पन्न पश्चात उक्त प्रतिफल स्वत अग्राधिकार शेयरमा परिणत हुनेछ |
आयोजनाको निर्माण प्रारम्भ २०१७ को जुलाईबाट हुनेछ | उर्जा उत्पादकहरुलाई सरकारले प्रति मेघावाट ५० लाख भ्याट छुट दिनु , लमजुंग जिल्लालाई हाइड्रो मैत्री जिल्ला घोषणा गर्नु तथा सरकारले जलबिद्युत कम्पनीहरुलाई बिशेष महत्वका साथ प्राथमिकतामा राखेको हुनाले हाइड्रोको लगानी प्रतिफल दिने उपयुक्त माध्यम बनेको छ | आयोजनाको लागि सानिमा बैंकको नेतृत्वमा लक्ष्मी बैंक,कृषि विकास बैंक कैलाश विकास बैंक र यति विकास बैंक बीच ऋण सम्झौता भएको छ | साधारण शेयरमा परिवर्तन हुने आग्राधिकार शेयर भएकोले लगानीकर्ताको जोखिम न्युन हुनुको साथै आयोजनाबाट बिद्युत उत्पादन पश्चात साधारण शेयरमा परिवर्तन हुने भएकाले लगानीकर्ताले उच्च प्रतिफल प्राप्त गर्नेमा पूर्ण बिश्वस्त हुन कम्पनिले लगानीकर्तालाइ सुझाएको छ |
आयोजना संचालक समुहले लमजुङ जिल्लामा ४.४ मेगावाट क्षमताको राधी साना जलविद्युत आयोजना तोकिएको समय अगावै सम्पन्न गरेको थियो भने ११ मेघावाटको तल्लो खारे खोलाको निर्माण कार्य तिब्र गतिमा भइरहेको छ | त्यस्तै सिइडीबी हाईड्रो फण्डद्वारा बुटवल पावर कम्पनीको सहकार्यमा खुदी जलबिद्युत ४ मेघावाट र साङ्गे जलविद्युत आयोजना १८३ किलोवाट निर्माण गरेको थियो | कम्पनीले गत महिना रुकुममा ४.३ मेघावाटको अर्को आयोजना रुकुम गाड जलबिधुत आयोजनाको सर्वेक्षण अनुमति प्राप्त गरेको छ भने कसुवाखोला ४५ मेघावाट र न्यादी ३० मेघावाट निर्माण अनुमति प्राप्त गरेको छ |
कम्पनीमा हाईड्रो र बैंकिंगमा दुइ दशक बढी अनुभव भएका व्यक्तिहरु रहेको संचालक समिति छ | आन्सानमा आयोजनाको अग्राधिकार शेयर आवेदनका लागि आनन्द सिलवाललाई ०१० ४२२७९५५५ र लिलु डुम्रेलाई ०१० २२६२६४३० सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ |

0 comments

Write Down Your Responses

-->