परमाणु हतियारसहितको मिसाइल परीक्षण गरेको उत्तर कोरियाद्वारा पुष्टि

नमस्ते नेपाल कोरिया डट कम -
 नेता किम जोन–उनको उपस्थितिमा उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल परीक्षण गरेको पुष्टि गरेको छ ।

उत्तर कोरियाले आइतबार ब्यालेस्टिक मिसाइलको परीक्षणको गरेको दक्षिण कोरियाले बताएको थियो । तर त्यसको उत्तर कोरियाले तत्कालै केही प्रतिक्रया दिएको थिएन । उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएले नेता किमको उपस्थितिमा जमिनबाट जमिनमा मार हान्न सकिने ब्यालेस्टिक मिसाइलको सफल परीक्षण गरेको जनाएको छ । परीक्षण गरिएको मिसाइलले मध्यम तथा लामो दूरीमा मार हान्न सक्ने केसिएनएले उल्लेख गरेको छ । परमाणु हतियारसहित आक्रमण गर्न सक्ने मिसाइल परीक्षण भएको केसिएनएले जनाएको छ । दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तरको यो मिसाइल परीक्षण अमेरिकी राष्ट्रपतिलाई सैन्य उक्साहटमा ल्याउने प्रयास रहेको बताएको छ । मिसाइल जापान सागर तर्फ पाँच सय किलोमिटरसम्म पुगेको दक्षिण कोरिया तथा अमेरिकाका अधिकारीले बताएका छन् । उत्तर कोरियाको मिसाइल परीक्षणको भने विश्वभरबाट निन्दा भएको छ । अमेरिका, जापान, दक्षिण कोरियासहितका देशले उत्तर कोरियाको आलोचना गरेका छन् 

,

0 comments

Write Down Your Responses

-->