विदेशमा तीनकोट कालोकोट, सेतोकोट र पेटिकोटबाट बचौं ?

भोज बहादुर राना
अाफ्नै देशमा अाफै जन्मेर, हुर्केर बढेर ठुलो भएकै ठाउँमा अाफ्नै गाँउका पाखा पखेराहरू सित सुसेरा हाल्दै जिवनका यात्राहरूलाइ निरन्तरता दिदैं जीवन जीउने रहर कस्को पो नहोलार तर सबैका ति सबै रहरहरू कहाँ तिनै पाखा पखेराहरू संग रम्दै र रमाउदै जीवन चलाउँदै अगाडि बढ्न सकिदो रहेछर। जीवनको यो अनिश्चित यात्रामा अाउने बिभिन्न घुम्ती मोडहरूलाई पार गर्दै अगाडी बढाउने क्रममा अाएका बिबिद्य अावश्यकता र बाध्यताका पर्खालहरूलाई पार गर्नका लागी नेपालका लाखौं युवाहरू बिदेशी भुमिमा श्रम गर्न बाध्य भइ बिदेसिएको तथ्य हामी माझ छर्लङ्ग छ। हो तिनै लाखौं बिदेसिएका युवाहरू मध्यको एक म पनि प्रमाणको रूपमा बलियो तथ्य पात्र हुँ ।
अाफ्नै जिवनका कथा ब्यथा संगै ति कथा ब्यथाहरूको अावश्यकता र बाध्यताका पर्खालहरू तोड्दै जीवनका सहज र सरल बाटोको खोजीमा भौतारिदैं गर्दा म पनि बैदिसिक रोजगारीको सिलसिलामा बिदेशी भुमिमा श्रम गर्न अाइ पुगे।
म बिदेसिनु पुर्वका मेरा बिदेसिनु पर्ने सपनाका बाध्यता र अावश्यकताहरू त्यति ठुला थिएनन्। सामान्य रूपमा अाफ्ना जीवन निर्वाहका लागी पुग्ने केहि पैसाको जोहो गरि भबिष्यमा अाउन सक्ने समस्याहरू संग जुध्न केहि रकम र वर्तमानलाई निरन्तर अगाडि बढाउने सानो सपना मात्र थियो। तर मान्छेको मन र पैसा प्रतिको मोहहरू त्यति सजिलै चित्त नबुझ्दो रहेछ। जति कमाइएको छ त्यो भन्दा एक, दुइ रूपिया मात्र धेरै भएपनि कमाउन मन लाग्दो रहेछ।
गाउँमा बस्नेहरू सहर पस्न मन लाग्ने सहर बस्नेहरू ठुलो सहर बस्नु पर्ने ठुलो सहर बस्नेहरूलाई एउटा घरबाट दुइ तिन घर अझै थप्नु पर्ने क्रमश: साइकल हुनेहरू मोटरसाइकल, मोटरसाइकलबाट कार, कारबाट फेरि क्रमशः बढ्दै बढ्दै मान्छेका मनका धनका घैटाहरू कहिल्यै नभरिदो रहेछ। त्यसैले त उसका जीवनका यात्राहरू पैसा पैसा भन्दै बिदेशी भुमिमै अाफ्नो जवानी फाल्दो रहेछ। र अन्त्यमा बुढेस कालमा बृद्धा अाश्रमको रूपमा मात्र प्रयोग गर्न जन्म भुमि फर्किदो रहेछ।
तर हामी अठोट गरौं हामी छोटो निश्चित समय मात्र बिदेशमा बस्ने छौं। छोटो समय कमाएको पैसालाई वचत गर्दै सहि ठाँउमा लगानी गर्दै नेपाल मै केहि गर्ने छौं। त्यसको लागी हामीले महिनामा कति कमायौं भन्ने भन्दा कति वचत गर्न सक्यौ भन्ने मुख्य बिषय हो। त्यसैले हामीले अाफ्नो कमाइको वचतलाइ ध्यान दिनु पर्ने हुन्छ। मेरो देखाइ, भोगाइ, सुनाई र बुझाइलाइ नियाल्दा बिदेशमा हुदा मुख्यत तिन वटा कोटबाट बच्नु अावश्यक छ ति तिन कोटहरू हुन ” कालोकोट, सेतोकोट र पेटिकोट”।
कालोकोट भन्नाले हामीले प्रदेशको ठाउमा कुनै किसिमको मुद्धा मामिला वा प्रहरि फन्दामा नपरि कालोकोट लगाउने वकिलहरूको साहारा लिने कुनै क्रियाकलाप गर्नु हुदैन यदि लिनु पर्ने अवस्था सिर्जना भएमा मान्नुहोस तपाइको वर्षौंको कमाइ स्वाहा हुदै छ। त्यसैले बिदेशी भुमिमा कालोकोट बाट सधैं बचौं।
त्यसैगरि अर्को कोट हो सेतोकोट। सेतोकोट भन्नाले सेतोकोट लगाउने डाक्टर। हामी बिदेशमा हुनेहरू यो कोट लगाउने संग पनि नियमित स्वास्थ्य परिक्षण बाहेकको समयमा बचेकै राम्रो। स्वास्थ्य नै धन हो। स्वास्थ्य शरिरले मात्र धन कमाउन सक्छ र अन्य सामाजिक कार्य गर्न सक्छ। त्यसैले सधैं स्वास्थ हुनु अावश्यक छ। अझै बिदेसि भुमिमा स्वास्थ हुनु अति अावश्यक छ। बिदेशी भुमिमा अाफ्नो स्वास्थ्यको ख्याल अाफैं गर्नु पर्ने हुन्छ। यहाँ बिरामी भएमा साह्रै कष्टकर हुन्छ। टाउको दुख्दा पानीपट्टी गरि घरिघरि दुखाइ कस्तो हुदै छ बाबु भन्ने अामाको मायालु स्वर सुन्न पाइन्न। घाटी दुख्दा तातो पानी बेड मै ल्याइदिने जीवन संगिनीको मिठो साथ पाइदैन। अाधा बिमारलाई स्वतह जीत्ने अाफ्ना घर परिवारको मायाँ र साथ अनि हेरचाह पाइदैन त्यसैले अाफु स्वयम्ले स्वास्थ्यमा ख्याल गर्नु पर्छ। यदि सेतोकोट लाउने डाक्टरको साथमा हस्पिटलको बेडमा सुत्नु परेमा पैसाको खोलो बग्छ भने दैनिक जीवन कति कष्टकर र पिडादायक हुन्छ म शब्दमा ब्याख्या गर्न सक्दिन त्यसैले सकभर सेतोकोट लाउने संग जम्काभेट नहोस यहि प्रार्थना सबैका लागी।
अर्को तेस्रो तथा अन्तिम कोट हो पेटिकोट। पेटिकोट भन्नाले सिसाका दरबार भित्र सजाएर चिटिक्क पारिएर हेर्दै लोभ्याउने पाराले राखिएका या बसेका प्राण सहितको मुर्तिहरू हुन या बार र नाइट क्लबमा स्वागत गर्दै कामवसानाले मन्त्रमुग्ध पार्दै पैसाको लागी देखाउटी मायाले सुम्सुमाउदै गोजीको पर्समा भएको एटिएमको रकम शुन्य बराबर हुदा सम्म चुसिरहने बर्खे जुका जस्ता मायालुहरू हुन। यिनिहरू संग सधै टाढा रहनु भयो भने मान्नुहोस तपाइले कमाएको रकमको बचत राम्रै हुदै छ तर यदि तपाइहरू ति बर्खे जुकाहरूलाई भेट्न सिसाको दरबार या बार र नाइट क्लबको ढोका ढकढकाउदै हुनुहुन्छ भने तपाइहरूको बिदेश बसाइ ब्यर्थ मात्र हुदै छ भनेर बुज्नुहोस अनि अाजै बाट यी बर्खे जुकाजस्ता पेटिकोटबाट सधैं टाढा रहने वाचा गर्दै यि पिपासु जुकाबाट सधै बचिरहनु उत्तम हुनेछ।
त्यसैले बिदेशमा हुदा सम्म सम्पुर्ण हामी बिदेशी भुमिमा श्रम गर्नेहरूले म बिदेशमा केबल निश्चित छोटो समय मात्र काम गर्ने छु र निश्चित छोटो समयमा कमाएको रकम र सिकेको सिपले नेपालमा केहि गर्ने छु भन्ने अठोट गरौं। तलब अाफ्नो कम्पनि, काम र अाफ्नो शरिरले गर्न सकेको अाधारमा ब्यक्ती पिच्छे फरक होला तर कमाइ भन्दा वचत महत्वपूर्ण हो भन्ने कुरालाई मध्यनजर गर्दै बिदेशमा हुदा र रहदा सम्म सधै कालोकोट, सेतोकोट र पेटिकोटबाट बच्दै कमाएको रकमलाई सहि बचत गर्दै उपयुक्त ठाँउमा लगानी गर्दै बिदेशमा हुदा सिकेको सिपको सहि सदुपयोग गर्दै नेपाल मै हामी सबैले केही गर्ने प्रण गर्दै अाजैबाट उक्त प्रण पुरा गर्ने बाटो तिर लागौं।

,

0 comments

Write Down Your Responses

-->