एमटियु के हो र यसको सदस्य किन बन्ने ?

मधुसुदन ओझा,सोल-
प्रवासी मजदुर संगठन (एमटियु) कोरियामा मजदुरी गर्न आएका प्रवासी मजदुरहरू स्वयम संगठित भएर २००५ अप्रील महिनाको २४ तारिक का दिन स्थापना गरिएको हो । मजदुरका ३ अधिकार १.संगठित हुने २. कम्पनी सङ्ग बार्ता गर्ने ३. माग पूरा नभए हडताल गर्ने अधिकार प्राप्तिका लागि गठन गरिएको स्वतन्त्र मजदुर संगठन हो।
एमटियु स्थापना भएको १० बर्ष पश्चात २०१५ जुनमा सरकारबाट मान्यता प्राप्त गरि श्रम बिभागमा दर्ता भएको छ। एमटियुमा सम्पुर्ण देशका प्रवासी मजदुरहरु सदस्य र पदाधिकारी बन्न पाउने छ्न। एमटियुका सदस्यहरुबाट प्रत्यक्ष रुपमा अध्यक्ष लगायत अन्य पदाधिकारीहरु निर्वाचन मार्फत चुनिने छन।
कोरियामा प्रवासी मजदुरहरुको संख्या दिन पर दिन वृद्धि भै राखेको भएपनी हक अधिकारको हिसाबले दिन पर दिन ओरालो लाग्दै गरेको अवस्था छ। कुटपिट , गालिगलौच सहदै जवर्जस्ती कम तलवमा काम गर्नु पर्ने बाध्यता एकातिर छ भने अर्को तिर गुण्डाको शैलीमा धरपकड गरिराखेको छ ।
थ्यैजिगुम र तलव उचित मात्रामा पाईराखेको छैन भने ३ बर्षमा थप्ने बोनस भिषा न थपेर गैरकानुनी बस्न बाध्य गराई दिने गरिएको छ। प्रवासी मजदुरका हक अधिकार प्रती सरकार र कम्पनीलाई खवरदारी गराउन र आफ्नो अस्तित्व कायम राख्न निमित्त एमटियु स्थापना गरिएको हो।
हाल एमटियुका जम्मा ६ ओटा शाखाहरु छ्न। यी साखाहरु सउल, ख्याङ्गी , इन्छन एरियामा मात्र छ्न तर कोरियामा जुनसुक्कै क्षेत्रमा काम गर्ने प्रवासी मजदुर सदस्य बन्न सक्ने छ्न । यी साखाहरुमा महिनाको १ पटक बैठक बस्ने र बर्ष मा १ पटक साधारण सभा गरि कार्य योजनाहरु बनाई सदस्यहरुको राय सल्लाहमा पारित गरिने छ।
एमटियु केन्द्रको बैठक प्रत्येक हप्ताको बुधबार हुनेछ । एमटियुले केसिटियु सउल क्षेत्रीय कार्यालयका वकिल द्वारा प्रवासी मजदुरको विभिन्न किसमका समस्या ( कम्पनी थ्यैजिकुम , तलव,औद्योगिक दुर्घटना ) को बारेमा परामर्श दिने साथै सामाधानको लागि पहल गर्ने, विभिन्न शैक्षिक कार्यक्रम मार्फत मजदुरहक अधिकार ,मजदुर कानुन, इपिएस (EPS) कानुनको बारेमा जानकारी गराउदै आइ रहेको छ।
प्रत्येक बर्ष अन्तर्राष्ट्रिय मजदुर दिवस, विश्व रंगभेद विरुद्धको दिवस, प्रवासी मजदुर दिवसको अवसरमा प्रवासी मजदुरहरु एकजुट भई आफ्नो हक अधिकारको लागि आवाज उठाउने , कोरियन सरकारलाई समस्या सामाधानको लागि दवाब दिने बृहत जुलुसको आयोजना गरिन्छ।
केसिटियु लगायत प्रवासी मजदुरको पक्षमा रहेका बिभिन्न मानवाधिकारवादी सस्था सङ्ग एकजुट भएर प्रवासी मजदुरको अधिकार भन्दा रोजगारदाताको अधिकारलाई मात्र प्राथमिकता दिने इपिएस (EPS)लाई खारेज गरि डब्लुपिएस (WPS) लागू गराउन कोरियन सरकारलाई दवाबमुलक गतिबिधिहरु गर्दै आईरहेको छ।
एमटियु को २०१७ का मुख्य कार्य योजनाहरु :-
१. एमटियुले कानुनी मान्यता प्राप्त गरे पश्चात मजदुरलाई संगठित गराउन जोड दिने छ।
२. नया कार्यकर्ता बनाउनकोलागि कोशिस गर्ने, कोरियन लगायत विभिन्न देशको सस्थाहरुसङ्ग एक्यवद्धता गर्ने, प्रवासी मजदुरलाई शैक्षिक कार्यक्रममा सहभागी गराई जिम्मेवार कार्यकर्ता वृद्धि गर्ने ९बनाउन को लागि जोड दिने०।
३. प्रवासी मजदुरको मानव तथा मजदुर अधिकारको निम्ति गति बिधि गर्ने सबै समूह सङ्ग एक्यवद्धता गर्ने , केसिटियु अन्तर्गतको विभिन्न कम्पनीमा भएको मजदुर संगठनमा प्रवासी मजदुर लाई पनि बढी भन्दा बढी संगठित गराउन जोड दिने अहिले भइ रहेको । अधिराज्यब्यापी प्रवासी मजदुर प्रतिनिधि बैठक मार्फत हातेमालोको लागि जोड दिने।
४. इपियसको प्रवासी मजदुरहरु शुरुमा प्रवेश गर्दा उनिहरु लाई दिइने ३ दिने तलिम, शैक्षिक कार्यक्रममा एमटियु ले मजदुर कानुन र मजदुर संगठनको बारेमा प्रशिक्षण दिन पाउन को लागि श्रम मन्त्रालय सङ्ग माग गर्ने।
५. प्रवासी मजदुरहरु सबैले मजदुर संगठनमा नियमित गतिविधि (कार्यालय मै रहेर) गर्न पाउनको लागि वातावरण तयार गर्ने आवश्यक परेमा कानुन मन्त्रालय र अन्य सम्बन्धित निकाय सङ्ग सहमती को लागि प्रयास गर्ने।
६. समूह बिस्तार गर्ने २०१७ मा एमटियुको शाखा हरुलाई सक्रीय बनाउने र बैठक नियमित गर्ने शाखाहरुलाई मजबुत बनाउदै प्रवासी मजदुर का माग पूरा गराउन निम्न गतिविधिहरु गर्ने।
क. तालिका बद्दरुपमा र्‍याली लगायत को कार्यक्रम गर्ने । प्रवासी मजदुरहरु धेरै भएको क्षेत्रमा गएर कानुन बमौजिम प्रहरी कार्यालयबाट अनुमती लिएर जूलूस लगायतका कार्यक्रम गर्ने, र्‍याली कार्यक्रममा त्यस समयको अवस्था अनुसार प्रवासी प्रवासी मजदुरको महत्त्वपुर्ण मागहरु जस्तो डब्लुपियस (WPS) लागू, न्युनतम ज्याला वृद्धि, रंग विभेद विरुद्ध ,मजदुरका ३ अधिकार को मान्यता , कृषि क्षेत्रको प्रवासी मजदुरको हक अधिकार सुनिश्चित हुनुपर्ने बिसयलाई लिएर गरिने छ।
ख. प्रवासी मजदुरलाई कम्पनीको समस्या सम्बन्धि र कानुनी परामर्श दिने । केसिटियु सउल क्षेत्रीय कार्यालयको मजदुर वकिल द्वारा नियमित रुपमा सेवा दिने कोसिस गरिने छ।
ग .एमटियुको सदस्य प्रशिक्षण र कार्यकर्ता वृद्धि कार्यक्रम । एमटियु सदस्यलाई प्रत्येक महिना मजदुर कानुन, मजदुर अधिकार ,मजदुर संगठन, मजदुर संगठनको बारेमा शिक्षा दिइने छ।
लेखक प्रवासी मजदुर संगठन (एमटियु) का प्रचार प्रसार बिभाग प्रमुख हुन् ।

0 comments

Write Down Your Responses

-->