नयाँ शक्तिले प्रबाश अन्तर्गत कोरियाबाट शुरु गर्यो प्रत्यक्ष कार्यकारि राष्ट्रपतिको लागि अनलाईन हस्ताक्षर अभियान

सोल-नयाँ शक्ति पार्टीले संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थालाइ जनदबाब दिनको लागी हस्ताक्षर अभियान शुरु गरे लगतै कोरियाबाट पनि अनलाइन हस्ताक्षरको व्यवस्था गरिएको छ |
पार्टीको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाCकोरियाले प्रथम अधिबेसन सकिय लगत्तै अनलाईन मार्फत संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नको लागी अनलाईन मार्फत हस्ताक्षर अभियान शुरु गरेको हो |
महंगी, कालोबजारी,भ्रष्टाचार,बेथिती तथा अविकसितताको कारण अस्थिर सरकार रहेकोले अब प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न ढिला गर्न नहुने र आफनो देशको कार्यकारीलाई जनताले प्रत्यक्ष रुपमा मत दिएर ५ बर्षको लागी काम गर्न दिने हो भने धेरै बेथितिको समाधान हुने अन्तर्राष्ट्रिय नेपाली समाज कोरियाको ठहर छ ।
संविधान संसोधनको कुरा उठिरहदा यस्तो महत्वपुर्ण तथा अत्यावश्यक मुद्दालाई पनि संसोधनको बिषय बनाउनको लागी दवाब सिर्जना गर्न पनि यो हस्ताक्षर अभियान थालिएको नयाँ शक्ति कोरियाका अध्यक्ष रमेश उप्रेतिले बताए ।
जनताको अधिकार स्थापना गर्न नेपालमा स्थायित्व शान्ति र सम्बृद्धीका लागी यो हस्ताक्षर संकलन अभियानमा सहभागी भएर आफनो मत दिन पनि अन्तर्राष्ट्रिय नेपाली समाज्ले सबै नेपालीजनहरुमा आव्हान गरेको छ ।
आफनो मत दिन तल दिइएको लिंक खोली स्क्रोल गर्ने र शेयर दिस पोटिसन वा स्टार्ट दिस पोटिसन क्लिक गरी विवरण भरी साईन इन गरिदिनुहुन समेत संसार भर रहनुभएका सबैमा कोरियाले अनुरोध गरेकोछ।
हस्ताक्षर निम्न लिंकमा गएर गर्न सकिन्छ:
https://www.change.org/p/parliament-of-nepal-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A4%E0%A5%8D%E0%A4%AF%E0%A4%95%E0%A5%8D%E0%A4%B7-%E0%A4%A8%E0%A4%BF%E0%A4%B0%E0%A5%8D%E0%A4%B5%E0%A4%BE%E0%A4%9A%E0%A4%BF%E0%A4%A4-%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%AF%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A5%80%E0%A4%95%E0%A5%8B-%E0%A4%AE%E0%A4%BE%E0%A4%97%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%A6%E0%A5%88-%E0%A4%B9%E0%A4%B8%E0%A5%8D%E0%A4%A4%E0%A4%BE%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%B0-%E0%A4%85%E0%A4%AD%E0%A4%BF%E0%A4%AF%E0%A4%BE%E0%A4%A8-directlyelectdexecutiveinnepal?source_location=minibar

,

0 comments

Write Down Your Responses

-->