कार्यकारी राष्ट्रपति बनाउनुस् देशको मुहार फेर्छु- बाबुराम भट्टराई

१५ माघ, काठमाडौं ।

नयाँ शक्ति अभियानका संयोजक बाबुराम भट्टराईले आफू कार्यकारी राष्ट्रपति भए पाँच वर्षमा देशको मुहार फेरिदिने दावी गरेका छन् ।

कास्कीको पोखरामा सुरु भएको साहित्य सम्मेलनको ‘बहस’मा भाग लिँदै भट्टराईले यसअघि संक्रमणकालमा प्रधानमन्त्री हुँदा सोचेको काम पनि गर्न नसकेको जिकिर गरे ।
उनले अस्थिरताले काम गर्न नपाएको तर्क गर्दै संसदीय व्यवस्था परिवर्तन गरी आफूलाई कार्यकारी अधिकारसहितको राष्ट्रपति बनाए दस वर्षमा गरिवी हटाई मुलुकलाई समृद्ध बनाउने दावी गरेका हुन् । भट्टराईले विचारभन्दा पनि नेपालको विकास र समृद्धिको आवश्यकता पूरा गर्न नयाँ शक्ति चाहिने तर्क पनि गरे ।
बहसमा नेकपा एमालेका सचिव योगेश भट्टराईले राजनीतिक पार्टी विचारधाराबाट निर्माण हुने उल्लेख गर्दै भट्टराईको विचारविहीन शक्तिबाट ठूलो अपेक्षा नगरेको बताए । पत्रकार सुधीर शर्माले भने बौद्धिक बहस गर्दैमा नयाँ शक्ति नबन्ने जिकिर गरेका थिए ।
नयाँ शक्तिले लिने विचार र सांगठनिक आधारले त्यसको सफलता÷असफलता निर्धारण गर्ने शर्माको भनाइ थियो l

0 comments

Write Down Your Responses

-->