आत्महत्या रोकथाम साथै ईपियस मजदुर सम्बन्धी किम्हेमा कार्यक्रम सम्पन्न

अशोक पोख्रेल , किम्हे -
 धेरै नेपालीहरु जमघट हुने कोरियाको किम्हे शहरमा गतहप्ता ” आत्महत्या रोकथाम साथै ईपियस मजदुरलाइ आइपर्ने विभिन्न समस्याका बारेमा एक महत्वपुर्ण कार्यक्रम सम्पन्न गरिएको छ । कोरियाको दोस्रो ठुलो चार्ड सलनाल विदाको दोस्रो दिन पारेर किम्हे माइग्रेन्ट हाउस नजिकै रहेको ड्रिम सेन्टरको एक विशेष हलमा यो कार्यक्रम भएको हो। नेपाली राजदुतवास दक्षिण कोरिया र नेपाली सम्पर्क समिती दक्षिण कोरियाले संयुक्त रुपमा यो कार्यक्रमको आयोजना गरेका हुन ।

उक्त कार्यक्रममा जापानबाट आउनु भएका बरिष्ठ क्लिनिकल मनोचिकित्सक डा. विजय ज्ञावली प्रमुख अतिथी, नेपालबाट आउनु भएका मनोचिकित्सक तथा योग विध ज्ञानमणी ढकाल विशेष अतिथी,बुसान एन सी सी का संस्थापक तथा सल्लाहकार साथै समाजसेवी एल वि विष्ट,बुसान छङसिन विश्वविद्यालयका प्रोफेसर साथै पास्टर छे ह्यन अतिथी रहनुभएको थियो भने आयोजकको तर्फबाट नेपाली राजदुतबास दक्षिण कोरिया श्रम सहचारी देवराज ढकाल,द्धितिय सचिव उद्धव नेउपाने,नेपाली सम्पर्क समिती दक्षिण कोरियाका वर्तमान अध्यक्ष भुवन बस्नेत, सचिव आर्यन विक्रम शाही लगायत ठुलो संख्यामा नेपालीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका अतिथीहरुलाइ किम्हे-बुसानका सक्रिय समाजसेवी महिला द्वय : सुजता बस्नेत र मनिका श्रेष्ठबाट दोसला ओडाएर सम्मान गरिएको थियो जसको सन्चालन आयोजक मध्येकै एन सि सि ( नेपाली सम्पर्क समिती) कोरियाका सचिव आर्यन विक्रम शाहीबाट गरिएको थियो। कार्यक्रमको पहिलो चरणमा, कार्यक्रम आयोजक मध्येकै एक श्रम- सहचारी देवराज ढकालले ईपियस कामदारहरुलाइ काम गर्दाको दौडानमा आइपर्ने विभिन्न समस्याहरु- स्वास्थ्य- विमा ,दुर्घटना, कम्पनी परिवर्तन ,थेजिकगम,घरविदा आदीका बारेमा आइपर्ने समस्या साथै नियम र तरिकाहरुको बारेमा जानकारी गराउनु भएको थियो। सहभागीहरुबाट सेधिएको प्रश्नको जवाफ दिंदै २०१८ मा सि भि टी परिक्षा नहुने पनी बताउनु भयो भने केही समस्या आइपरेमा तत्काल दुताबासमा सम्पर्क गर्न अपिल गर्दै सम्पर्क नम्बर समेत उपस्थित सबैलाइ दिनुभयो।

त्यस्तै गरेर द्धितिय सचिव उद्धव नेउपानेले विप्रेषण (रेमिट्यान्स) का बारेमा डाटा सहित कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । हाम्रो देशको आयस्रोतको मेरुदन्डको रुपमा रहेको रेमिट्यान्सको ठुलो महत्व रहेको जसमा विदेशी मजदुरहरुको प्रत्यक्ष सम्बन्ध र भुमीका जोडिएको पनी बताउनु भयो। जोखिम पुर्ण अवैधानीक बाटो (हुन्डी) को प्रयोग गर्नु हरेक हिसाबले खतरा रहेको वताउँदै वैधानिक बैंकिंग कारोबार गर्न पनी सबैलाइ आग्रह गर्नुभयो जसका लागी दुताबासले सहज वातावरण वनाउन सक्दो भुमिका निभाउने जानकारी समेत दिनुभयो ।

कोरियामा नेपालीहरुको संख्यामा जसरी वृद्धी भइरहेको छ त्यही अनुपातमा आत्महत्या लगायत विभिन्न प्रकारका दुर्घटनाहरुको संख्यामा पनी वृद्धी भइरहेको छ । अझ पछिल्लो समयमा बाक्लो रुपमा बढीरहेका आत्माहत्याका घटनाहरुले त सबैलाइ चिन्ता र चासो पनी बनाएको छ । यही कुरालाइ मध्यनजर गर्दै, आत्महत्या रोकथाम,तथा सकेससम्मको होसियारी र सावधानी अपनाउने उद्देश्यले दुतवास र एन सि सि कोरियाले संयुक्त रुपमा यो महत्वपुर्ण कार्यक्रमको आयोजना गरेको हो। आयोजकको निम्तो स्वीकार गरेर जापान देखी आउनुभएका वरिष्ठ क्लिनिकल मनोविज्ञ डा.विजय ज्ञावलीले कार्यक्रमको दोस्रो चरणमा आत्महत्या नै मानिसले किन रोज्न पुग्छ ? जसको कारण के हो ? यसलाइ कम गर्न सकिने तरिकाहरु,अपनाउन सकिने होशियारी र सावधानीहरुको बारेमा जानकारी गराउनुभएको थियो। प्रोजेक्टरको माध्ययमबाट प्रस्तुत गर्नुभएको आफ्नो कार्यक्रममा तनाव, पिर, चिन्ता आदी नै आत्महत्याको बाटोसम्म पुर्याउने मुख्य कारक तत्व भएको बताउनु भयो । जसलाइ अझ बलियो वनाउन धेर-थोर मात्रमा वंशानुगत गुण,खानपान,शारीरिक क्षमता र कामको प्रकृती, ठुला-ठुला सपना,आत्मासन्तुस्टीको असन्न्तुलन, यौन दुर्व्यवहार,द्धवन्द वा कुनै बाल्यकालका पिडादायीक घटना र चित्त नबुझाइका ब्यवारहरु जस्ता पक्षहरुले ठुलै भुमीका खेल्ने पनी बताउनु भयो ।

आत्महत्या गर्न कसैले पनी नचाहने, कुनै विशेष योजना नभइ घटना क्रमले निम्तियाउने आकास्मिक निर्णयको परिणाम र दुर्घटना भएको बताउँदै पुरुषको तुलनामा बढी महिलाको संख्या हुने वताउनुभयो । आत्महत्याबाट बच्नको लागी सकभर एक्लै नबस्ने, मन मिल्ने साथी संग बस्नपर्ने,शरीरले थेग्ने र सक्ने काम मात्र गर्ने, आएका समस्या खुलेर साथीभाइलाई बताउने,घरपरिवार संग बारम्बार सम्पर्कमा रहिरहने,मद्यपान-धुम्रपानको अनियमित सेवन नगर्ने, हरेक ब्यबाहारहरुमा चित्त बुझाउने र सकारात्मक सोचको विकासमा ध्यान दिनुपर्ने,बेला-बेला नजिकको सम्बन्धीत परामर्श केन्द्रमा सम्पर्क गरिरहने जस्ता वानी र तरिकाहरु अनिवार्य पालना गर्नुपर्ने जानकारी दिनुभयो । आत्महत्याको मुख्य सम्बन्ध र कारण नै कुनै वाहिरीय नभएर मानिसको मनोविज्ञान र सेचाइनै भएको पनी बताउनुभयो ।

नेपालबाट आउनुभएका विशेष अतिथी मनोचिकित्सक तथा योगविध ज्ञानमणी ढकालले जसरी हामीलाइ शरीर तन्दुरुस्त पार्न शारीरिक व्यायमको आवश्यकता पर्दछ त्यसरी नै दिमाग तन्दुरुस्त पार्न योगाको आवश्यकता पर्दछ जुन प्रत्यक्ष दिमाग र सोचाइसंग सम्बन्धीत हुन्छ भनेर बताउनुभयो । योग विध ढकालले उपस्थित सबैलाइ योगाभ्यास समेत गराउनु भएको थियो। दैनिक योगको महत्व र आवश्यकताको बारेमा प्रस्टपार्दै जसबाट तनाव, डर , चिन्ता, नकारात्मक सोच सबै हटेर जाने साथै आत्महत्या सम्मको बाटोमा पुग्नै नसकिने ठोकुवा समेत उहाँले गर्नुभयो । तर नियमित र नियमपुर्वक चैं गरिनुपर्नेमा जोड दिनुभयो ।
एन सि सि दक्षिण कोरिया, कोरियामा रहेका झन्डै सय भन्दा बढी संस्थाहरुको एउटा माउ संस्था भनेर भन्ने गरिन्छ तर पनी खासै राम्रो काम गर्न नसकिरहेको अनि दुतावास राजधानी सउलमा मात्र केन्द्रित भइरहेको भन्ने गुनासाहरु आइरहेको बेला किम्हे-बुसानमा सम्पन्न भएको यो कार्यक्रमले एक राम्रो सन्देश दिएको छ। आफैंमा एक महत्वपुर्ण अनि समसामयिक बिषय,त्यो पनी राजधानी सउल वाहिर धेरै नेपालीहरु आवातजावत गर्ने किम्हे शहरमा गरिएको यो कार्यक्रम ,साँच्चै फलदायी भएको सबैको ठम्याइ छ ।

नेपालीहरुको हितको लागी गरिने सबै प्रकारका कार्यक्रम जुनसुकै संस्थाले गरे पनी सहयोग र सहकार्य गर्न दुतावास सधैं तयार रहेको श्रम- सहचारी देवराज ढकालले वताउनु भयो । उक्त कार्यक्रम सहकार्य गरेर सफलतापूर्वक सम्पन्न भएकोमा एन सि सि कोरियालाइ (विशेष गरेर उपाध्यक्ष भुवन वस्नेत र सचिव आर्यन विक्रम शाहीलाई )धन्यवा समेत दिनुभयो । त्यस्तै गरेर सबैले साथ दिएमा एन सी सी ले यस्ता कार्यक्रम अन्य ठाउँमा पनी गर्दैजाने कुरा उपाध्यक्ष भुवन बस्नेतले बताउँदै उपस्थित सबैलाइ धन्यबाद समेत दिनुभयो ।
कोरियामा आत्महत्या गर्ने नेपालीहरुको संख्या बढीरहेको सन्दर्भमा, कम्पनीमा काम गर्दाको दौडानमा आइपर्ने विभिन्न समस्याहरु बढीरहेको सन्दर्भमा यस्ता किसीमका जानकारीमुलक कार्यक्रम अन्य ठाउँहरुमा पनी गरिनुपर्ने देखीन्छ ।

,

0 comments

Write Down Your Responses

-->