कोरियामा किरात याक्थुङ चुम्लुङद्वारा अभिनेत्री रञ्जिता लिम्बूलाई सम्मान

उत्तम खजुम, दक्षिण कोरिया l 
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले अभिनेत्री रञ्जिता लिम्बूलाई सम्मान गरेको छ। जनवरी २९ तारिख आइतबार कोरियाको राजधानी सौल स्थित इन्डिया प्यालेसमा भेटघाट तथा सम्मान कार्यक्रम आयोजना गरि सम्मान गरेको थियो।

आफ्नो अभिनय प्रतिभाले लिम्बू तथा नेपाली चलचित्र साथै म्युजिक भिडियो मार्फत कला संस्कृति संरक्षण प्रवर्द्धन प्रती पुर्याउनु भएको योगदानको मूल्यांकन गर्दै सम्मान गरिएको र उहाँको लिम्बू चलचित्र अमलरी फुङ, नेपाली चलचित्र शूट र मिसन खेलाडी साथै दर्जनौँ लिम्बू तथा नेपाली म्युजिक भिडियोमा समेत अभिनय रहेको कार्यबाहक अध्यक्ष गणेश मेन्याङबोले बताउनुभयो।

कार्यक्रमका प्रमूख अतिथी नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरियाका अध्यक्ष चित्र बहादुर मोक्तानले सम्मान पत्र सहित अभिनेत्री रञ्जिता लिम्बूलाई सम्मान गरेका थिए। उहाँले शुभकामना मन्तव्य राख्नुहुँदै एकदिन कला क्षेत्र मार्फत रञ्जिताले आफ्नो छुट्टै पहिचान बनाउने र दुनियाँले चिन्नेमा आफू विश्वस्त रहेको बताए। रञ्जिता लिम्बूले आफूलाई कोरियामा निम्तो गरेकोमा किरात राई यायोक्खा परिवारलाई धन्यवाद दिए। त्यस्तै चुम्लुङले आफूलाई सम्मान गरेकोमा खुशी व्यक्त गर्दै भविष्यमा कला संस्कृतिमा अझ बढि योगदान दिने अभिनेत्री लिम्बूले प्रतिबद्धता व्यक्त गरे।

सोही कार्यक्रममा चासोक तङनाम ५०७६ मा प्रायोजन गर्ने प्थ्ऋ ँऋ र सुवाश योङ्हाङ्लाई पनि कदर पत्र प्रदान गरिएको थियो। प्रमूख अतिथिको बाहुबाट दीप प्रज्वलन गरि उद्घाटन गरिएको उक्त कार्यक्रममा कियाचूका तर्फबाट सदस्य मातृका नेम्बाङले स्वागत मन्तव्य राखेका थिए भने याक्थुङ सयङ गजेदोका अध्यक्ष सुरेशसिंह सम्बाहाम्फे, पाँचथर सेवा समाजका उपाध्यक्ष सन नेम्बाङ र नेपाली संघिय समाजका अध्यक्ष महेन्द्र राइले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

किरात राई यायोक्खा दक्षिण कोरियाको सुम्निमा सांगीतिक सौगातका लागि अन्य कलाकारको टोलिसँगै आएकि रञ्जिता  स्वदेश फर्किसकेकी छिन्।

,

0 comments

Write Down Your Responses

-->