सामसुंगले दिने थेजीकम रकम र साहुले दिने थेजीकम बारेमा जानी राखौं

-इपिएस छिङु ( अरुण श्रेष्ठ ) ,कोरिया -

थेजीकम भन्नाले १ बर्ष वा सो भन्दा बदी एउटै कम्पनीमा लगातार काम गरेमा बर्ष पिच्छे थप ३० दिनको तलव बदि दिइन्छ वा कतै यो भन्दा पनि बदी दिइन्छ | यसैलाई कोरियनमा थेजीकम भनिन्छ | यदि तपाईले काम गर्नु भएको कम्पनिमा १ बर्ष वितिसकेको छ भने तलको नम्बरमा आईतबार बाहेक अरु दिन फोन गरेर बुझन सक्नुहुन्छ | १ बर्ष बितिसके पछि तपाईले काम गर्नु भएको १ / १ दिनको हिसाब गरेर थेजीकम दिन्छ | जस्तैः १५ महिना काम गर्नु भएको छ भने १२ महिना र ३ महिनाको पनि थेजिकम पाउनु हुन्छ |

– सामसुंगले दिने थेजीकम तपाईले फोन गरेर तत्काल बुझ्न सक्नुहुन्छ तर साहुले दिने थेजिकमको लागी तपाईले कम्पनी छोड़न लाग्नु भएको महिना भन्दा अगाडीको ३ महिनाको सेलरी शिट आवासेक पर्दछ | तपाईले पाउनु भएको ३ महिनाको सेलरीलाई हिसाब गरेर आउने रकम साहुले दिने थेजिक्म हो | जस्तै : ४ बर्ष १० महिनाको थेजीकम सामसुंग बिमा कम्पनीले बेसिक तलव अनुसार हिसाब गर्दा , तपाईले पाउनु पर्ने रकम ७० लाख आयो उदाहरणको लागी | तर कम्पनीमा तपाईले पाउनु भएको तलब ओबर टाइम सहित सबै हिसाब गरेर १ करोड़ वोन आयो उदाहरणको लागी |
अब तपाईले कम्पनीबाट पाउने रकम : १ करोड़ – ७० लाख वोन
                                                  : ३० लाख वोन
– ——— सामसुंगबाट पाउने रकम : ७० लाख
तपाईले अब सामसुंगबाट ७० लाख र कम्पनीबाट ३० लाख वोन गरेर कुल १ करोड़ वोन पाउनु हुन्छ |

साहूले दिने रकम कम्पनी छोड़े पछि लिनू पर्दछ भने सामसुंगले दिने नेपाल जाने बेलामा की त इन्छ्न अध्यागमन कटेपछि वा नेपालमै लींन सक्नुहुन्छ डलरमा | त्यसको लागी नेपाल जानु भन्दा बदीमा १ महिना अथवा घटिमा १ हप्ता अगाडी  प्लेन टिकेट नजिकैको जब सेन्टरमा देखाएर नेपाल जाने कागज बनाउनु पर्छ जसलाई कोरियनमा ” छुल्गुक यजाङ ह्वागिन्स ” भनिन्छ | सामसुङ विमा कम्पनिको फारम भर्ने बेलामा तल फोटोमा देखाएको डकुमेन्टहरु क्रम सँग तयार गर्नु पर्ने हुन्छ पहिला । बैंकले दिएको डकुमेन्ट चाही एउटा आफै सँग राख्नु पर्ने हुन्छ , एरपोर्टमा देखाउनलाई ।




त्यो कागज, आफ्नो बैंक पासबुक , एलाइन कार्ड , पासपोर्ट ,खरे उइगुक ह्वान उनहेंग सिजंग ( फयंनग्यंग ) सिजंगस आदि लिएर सामसुंग बिमा कम्पनीलाई देखाउनु पर्ने हुन्छ कहा रकम लिन चहानुहुन्छ त्यो कुरा फारममा भर्नु पर्दछ | त्यस्तै आफ्नो नजिकैको बैंक सिंनहान , हाना केइबी, उरी बैंकमा आफ्नो पासपोर्ट , एलाइन कार्ड लिएर गएर त्यहा एरपोर्टमा पैसा लिन पाउ भेनेर एउटा फारम भर्नु पर्छ | जसलाई कोरियनमा ” खरे उइगुक ह्वान उनहेंग जिजंग ( फयंनग्यंग ) सिन्जङ्स ” भनिन्छ |
त्यो फारम पछि एरपोर्टमा देखाएर थेजिकम लिनु पाइन्छ नभए पाइदैन | धेरै जना इपिएस काम्दारहरु थेजीकम अध्यागमन कटेर लिन खोज्च्दछ्न तर पाउदैन | किनभने उनिहरुले सुरुम बोर्डिङ पास लिए पछी अध्यागमनमा छिर्नु भन्दा पहिला, बोडिङ पास टिकेट लिएको छेउ छेउमा भएको समबन्धित बैंकमा आफ्नो बोडिङ पास्, खरेविगुक जुन बैंकले बनाई दिएको कागज , पास्पोर्ट्, एलाईन कार्ड आदी देखाउन भुल्छ्न | त्यहि भएर अध्यागम्न कटेपछी  बाहिरको बैंकले दिएको कागज पत्र देखाए पछी रकम भुक्तानी गर्छ्न | अध्यागन कटेपछीको बैंकको काम भनेको रकम दिने हो र अध्यगम्न बाहिर रहेको बैंकको काम भनेको हाम्रो कागज पत्रहरु चेक जाच गर्ने हो | एरपोर्टमा बैंकहरु विहान ६ बजे देखी बेलुका १० बजे सम्म मात्र खुल्ने छ । तर केहि गरी दक्षिण कोरियमा पैसा लिना छुट्नु भएमा नेपालमा पनि लिन सक्नु हुन्छ |


त्यस्को लागि फरामहरु भर्नुपर्ने हुन्छ र कुर्नु पर्ने हुन्छ इपिएस ग्वर्कोमा । केहि गरि बैंकमा भएको कर्मचारीहरुले त्यस बारेमा थाहा नहुन सक्छ कोरियमा , थाहा भएन भने या बुझेन भने १५७७-००७१ डायल १४* मा फोन गरेर एच.आर.डी.मा कार्यरत नेपालि कंसुलरलाई बुझाउनको लागि अनुरोध गर्नुहोला |

५ लाख वोन घर फिरती बिमा पनि लिनू पर्दछ जून तपाइको बेंक खाताबाट काटेको हुन्छ कोरिया आउनु भएको केही महिना पछि | ५ लाख वन चाही कोरिया छोड्नु भन्दा अगाडी तपाईंको बैंक खातामा साम्सुङ बिमाले ट्रान्सफर गर्दिन्छ जुन खाता साम्सुङ बिमाको फारम भर्ने बेला उल्लेख गर्नु भएको छ । यदी तपाई कार्यरत कम्पनीमा आफ्नो साहुलाई यो सबै गर्दिनु होला भनेर कुरा राख्न सक्नुहुन्छ | सबै कुरा फ्याक्स बाट हुने भएकोले कम्पनीमै फारम भरेर फ्याक्स मार्फत पठाउनु भएपनि हुन्छ | बेंकमा कागज बनाउदा मात्र आफै जानु पर्छ अरुमा पर्दैन | तर कसैको त्यो डकुमेन्ट पनि साहुले आफै बैंक गएर बनाइ पनि दिएको छ ।
– फ़ोन गर्दा आवसेक पासपोर्ट नम्बर / एलाइन काड नम्बर
#सम्पर्क नम्बर :
– एच.आर.डी कोरिया : १५७७-००७१ डायल १४ * नेपाली कन्सुलर / नेपाली भाषा ( हरेक दिन खुल्ला )
– सामसुंग बिमा कम्पनी :०२-२२६१-८४०० / अंग्रेजी र कोरियन भाषा ( आइतबार बन्द )
– सउल ग्लोबल माईग्रेंत सेन्टर : ०१०-५६८३-९०८० / ०२-२६३२-९९३३ नेपाली कन्सुलर : संजय गुरुङ
– सम्पर्क गर्न सकने : विहान ९ बजे देखि साझ ६ बजेसम्म मात्र
-Immigration korea : सम्पर्क न. Dial  १३४५ नेपाली भाषाको लागी १३*

कोरियामा विमा लिन  छुट्नु भएमा नेपालमा लिन   सकिन्छ | तल सबै जानकारी दिइएको छ ।

एच.आर.डी कोरिया हरेक दिन आईतबार पनि खुल्ला रहेने हुनाले यदि तपाईलाई काम गर्दा खेरी कुनै पनि समस्या वा कोरियन भाषाको समस्या परेको छ भने कल गर्न सक्नुहुन्छ नेपाली कन्सुलरलाई | उहाहरुको काम र कर्तव्य भनेको हाम्रो समस्या सुन्ने , उचित सल्लाह दिने हो | त्यसैले निर्धकसंग आफ्नो समस्याहरु राखन सक्नुहुन्छ

퇴직금 (Severance Pay) चेक गर्ने तरिका भिडियो



How To Check Balance ???
Open this link :

|

,

0 comments

Write Down Your Responses

-->