बैदेशिक सस्कृति झल्काउन आर्थिक सहायतामा सउल सरकार तत्पर

कृष्ण पुरी ( नमस्ते नेपाल कोरिया डट कम )५ फेब्रुवरी ,२०१७ - कोरिया l
बर्षेनी बिदेशी समुदायहरु द्वारा यहा आयोजित हुने बिभिन्न सांस्कृतिक कार्यक्रमहरुको लागी वित्तीय सहयोग प्रदान गर्न सउल नगरपालिका पूर्ण तत्पर रहेको बताएको छ lसउल महानगरपालिका सरकार अनुसार , स्थानीय तथा बिदेशी समुदाय हरुको बिबिधता , सस्कृति तथा बिभिन्न सास्कृतिक प्रणाली आदानप्रदान बढाउने उदेशले सस्कृति तथा संगीत पर्ब ,खेलकुद , खाना लगाएतका बिभिन्न कार्यक्रम गर्न ६ मिलियन वोन अर्थात झन्डै पाच हजार दुइ सय अमेरिकी डलर बढीमा बिदेशी समुदायहरुलाई प्रदान गर्न सकिने जनाएको छ l सांस्कृतिक पृष्ठभूमिका विभिन्न परिचय र एक ग्लोबल शहर बन्नमा टेवा पुग्ने हिसाबले बर्षेनी कोरियामा यस्ता सपोर्ट र कार्यक्रमलाई प्राथामिकतामा पारिने गरिन्छ l गत वर्ष सियोल शहरमा रूसी गुलाब महोत्सव, आइरिस सेन्ट पैट्रिक दिन र भियतनामी संस्कृति,चिनिया सस्कृति लगाएत गरी २१ वटा सांस्कृतिक फेस्टिभलहरु सम्पन्न भए l विदेशी समुदायले सो कार्यक्रमका लागी आर्थिक सपोर्ट सहायता प्राप्त गर्न global.seoul.go.kr मा आबेदन गरी बुझ्न सकिने जानाकारी कोरियाली समाचार माध्यम एजेन्सी दी हेराल्डमा उल्लेख गरीएको छ l

भिडियो :- Performance nepali dance in cultures festival 2016 .south korea.





,

0 comments

Write Down Your Responses

-->