कोरियामा भोजपुर परिवारको सातौ साधारण सभा सम्पन्न

धिरेन्द्र पुलामी-
कोरियामा रहेका भोजपुर बासिहरूको संस्था भोजपुर परिवार दक्षिण कोरियाको सातौ साधारण शभाबाट सर्ब सहमत निर्बाचित अध्यक्ष  गणेश आले मगरको नेतृत्वमा नया कार्यसमिति चयन गरी सम्पन्न भयको छ ।

 कोरियाको दुङ्ग्देमुन स्थित नेपाल हाउसमा सम्पन्न भएको कार्यक्रममा संस्थाको तदर्थ समितिको महासचिब गणेश आले मगरको  अध्यक्षतामा १५ सदस्यीय कार्यसमितिको चयन गरिएको हो l समितिको  बरिष्ठ उपाध्यक्षमा दीपक जंग थापा, उपाध्यक्ष भूपाल थापा, महासचिब धिरेन्द्र पुलामी मगर, सचिब उमेश राइ र सुभद्रा राई, कोषाध्यक्ष चन्द्र बहादुर पुलामी मगर रहेका छन । त्यसैगरी सदस्यहरुमा- क्रमसः भलमान पुलामी मगर, सुमन्त मगर, युबराज कार्की, बिक्रम राई , डि बि राई , गोबिन्द बिक, तुलसी गिरी र टेकनाथ खत्रि चयन भएका छन। रिक्त रहेको दुईजना सदस्यहरु पछि नियुक्त गर्ने जानकारी गराइएको छ ।
पुर्वाञ्चल सरोकार समाजका अध्यक्ष काजी नेपालको प्रमुख आतिथ्य र भोजपुरमा जन्मी थाइल्याण्डमा बसोबास गरिरहनु भएका NRNA थाइल्यान्डका अध्यक्ष खगेन्द्र ढकालको बिशेष अथित्यमा र निबर्तमान अध्यक्ष गोबिन्द लाया मगरको सभापतित्वमा भयको उक्त कार्यक्रम संस्थाको महासचिब गणेश आले मगरले सञ्चालन गर्नु भयको थियो भने स्वागत मन्तब्य संस्थाको बरिस्ठ उपाध्यक्ष रामकुमार भटराइले दिनुभएको थियो । त्यसै गरी कोरियामा ब्यबसाय सञ्चालन गर्दै आउनु भएका संस्थाको संरक्षक रबिन तामाङ्ग सलहाकार द्वय संकर बस्नेत, रबिन राई ,  बिशेस अथिति खगेन्द्र ढकाल र प्रमुख अतिथि काजी नेपाल को शुभकामना मन्तब्य पश्चात बाढि पीडित सयोगार्थ भोजपुर परिवार ले गत बर्ष आयोजना गरेको भाग्यशाली  चिट्ठा कार्यक्रम 2016 लाई सहयोग गर्नु हुने सबै सहयोगीहरुलाई सम्मान पत्र  सहित दोसल्ला ओढाई सम्मान गरीएको थियो l यसै गरी सस्थाले भोजपुरे अग्रज हरुलाई पनि दोसल्ला ओढाई सम्मान गरिएको थियो।

0 comments

Write Down Your Responses

-->