गत बर्ष घाटाको सानिमामाई हाइड्रोपावरले ६ महिनामा २५ करोड नाफा कमाए

नमस्ते नेपाल कोरिया डट कम 
गत बर्ष घाटाको  सानिमामाई हाइड्रोपावर लिमिटेड चालु आर्थिक वर्षदेखि नाफामा गएको छ । 
चालु आवको ६ महिनामा कम्पनीले २५ करोड ४४ लाख रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा कम्पनी १९ करोड २७ लाख रुपैयाँ नोक्सानमा थियो ।

चालु आवको पुससम्म कम्पनीले  २२ मेगावाटको माई आयोजनाको बिजुली बिक्रीबाट ३९ करोड रुपैयाँ आम्दानी गरेको छ । यस्तै कम्पनीको अर्को आयोजना ७ मेगावाटको माइक्यासकेडले ११ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले निर्माण गरेको दुई आयोजनाको जडित क्षमता २९ मेगावाट छ ।
कम्पनीले आज सार्वजनिक गरेको चालु आवको अर्धवार्षिक वित्तीय विवरणअनुसार प्रतिसेयर आम्दानी २४ रुपैयाँ ११ पैसा छ । यस्तै कम्पनीले डिप्रिसियसन ३.३ प्रतिशत घटेको जनाएको छ ।

आयोजना गैरआवासिय नेपालीको लगानीमा निर्माण भएको हो । सानिमा ग्रुप अन्तर्गत साढे २ मेगावटको सुनकोसी साना जलविद्युत आयोजना पनिसञ्चालनमा छ । यस्तै लिखु र तमोर आयोजना बनाउने तयारीमा सानिमा ग्रुप लागेको छ ।

0 comments

Write Down Your Responses

-->